हनुमन्ते खोला भू–माफियाको अतिक्रमणमा


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

जेष्ठ २७, २०७४ भक्तपुरको हनुमन्ते खोलामा भू–माफियाले अतिक्रमण गरि नदिको धार नै परिवर्तन गरेपछि दुई पक्षबीच विवाद हुँदा अहिले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

मध्यपुर ठिमी नगरपालिका ३ र सुर्यविनायक नगरपालिका बाल्कोटको सिमास्थल हनुमन्ते खोलामा रातारात डोजर लगाएर नदीको धार नै परिवर्तन गरेको स्थानीयले बताएका छन् ।

नदीमा डोजर र स्काभेटर लगाएर भू–माफियाले प्लटीङको तयारी गरिरहेको उनीहरुको आरोप छ । स्थानीय प्रशासनको समेत मिलेमतो रहेको भन्दै सडकमा प्रर्दशन भईरहेको सहकर्मी लिला श्रेष्ठले जनाएकी छन् । घटनास्थलमा अहिलेसम्म प्रहरी पुगेको छैन

यद्यपी नदी अतिक्रमणमा प्रयोग भएका ५ वटा डोजर र स्काभेटरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।  सडकमा विरोध प्रर्दशन संगै झडपको अवस्था आएपछि अरनिको राजमार्गमा सवारी आवगमन ठप्प भएको छ । यसैबीच समाचार संकलनका क्रममा रहेकी सहकर्मी लिला श्रेष्ठलाई भू–माफियाको समूहले दुव्र्यवहार गरेको छ । समाचार नलेख्न धम्कि दिदंै सो समूहले कारबाहीको चेतावनी दिएको छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com