बर्सेनि बढदो ‘कोरिया क्रेज’


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

जेष्ठ २७, २०७४- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष दक्षिण कोरिया जान लिइने परीक्षामा ७५ हजार ५ सय ८० विद्यार्थी सहभागी हुँदैछन् । काठमाडौं र ललितपुरमा २६ वटा केन्द्रबाट शनिबार भाषा परीक्षा सुरु हुँदै छ ।

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार असार १६ मा आउने ईपीएस नतिजामा १० हजार २ सय जना परीक्षार्थीले कोरिया जान अनुमति पाउनेछन् । ५४ हजारले कृषि क्षेत्र र बाँकीले उत्पादन क्षेत्रका लागि परीक्षा दिँदैछन् । ईपीएस पद्धतिमा नेपालसहितका १६ वटा देशबाट कोरियाले कामदार लिँदै आएको छ ।

उपत्यकाका होस्टलहरूमा कोरिया जाने सपना लिएर देशभरबाट काठमाडौं आएका परीक्षार्थी देख्न सकिन्छ । झापा, दमकका कुमार खडका अचेल कोठाबाट बाहिरै निस्कँदैनन् । कोरियाली भाषा सिक्न काठमाडौं आएका उनको दिन कोटेश्वरस्थित एक होस्टलको चौघेरामै बित्ने गरेको छ । भेटेरिनरी डाक्टर कुमार कोरिया जाने सपनामा बाँधिएर काठमाडौं आएका हुन् । विगत १३ वर्षदेखि पशु स्वास्थ्यमा काम गरिरहेका उनले सुनाए, ‘पेसा त राम्रो छ तर नेपालमा पशुको डाक्टरलाई सम्मान गरिँदैन । आफ्नै पेसाप्रति वितृष्णा जागेकाले कोरिया जाने सुर चल्यो ।’

कुमारजस्तै कोरिया जान तम्सिएका अर्का युवक हुन्– खगेन्द्र मिश्र । रौतहटबाट कोरियाली भाषा सिक्न राजधानी आएका उनी ४ महिनायता कोटेश्वरस्थित सञ्जीवनी होस्टलमा बसेर भाषा अध्ययन गरिरहेका छन् । २४ वर्षीय मिश्र पेसाले शिक्षक हुन् । ४ वर्षदेखि गरिरहेको पेसामा सन्तुष्टि नमिलेकाले कोरिया जान लागेको उनले बताए । ‘शिक्षण पेसामा समय धेरै दिनुपर्छ, आम्दानीले घरपरिवार पाल्नै पुग्दैन, ‘उनले भने, ‘कमाउन सक्ने बेला विदेश गएर मज्जाले कमाउँछु ।’ गाउँघरमा कोरियालाई रोजगारीको गन्तव्य बनाएर जीवन परिवर्तन भएको देखेपछि आफूलाई पनि कोरिया नै जान मन लागेको उनले सुनाए । तर, कोरियाली भाषा सिक्न निकै गाह्रो भएको उनको अनुभव छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोटेश्वरस्थित सञ्जीवनी होस्टलका प्रबन्धक कुलप्रसाद भट्टराईका अनुसार उनको होस्टलमा रहेका सय जनाजति विद्यार्थीमध्ये आधाजसोमा कोरिया जाने सपना बोकेका छन् । यो होस्टलमा ६ महिनादेखि भाषा पढ्ने विद्यार्थी छन् । भट्टराईका अनुसार काठमाडौंका होस्टलहरूमा घटीमा ५० हजार विद्यार्थी कोरिया जाने सपना लिएर दिनरात पढाइमा जुटेका छन् ।

मोरङकी सुशीला राईलाई पनि कोरिया जाने खुब रहर छ । नर्सिङ विषयमा स्नातक उनी पनि कोरिया गएर काम गर्न मन लागेकाले काठमाडौं आइन् । ‘आफन्त र साथीहरू उतै छन्, उनीहरूले भनेको सुन्दै जाउँmजाउँm लाग्यो,’ सुशीलाले सुनाइन्, ‘कमाउन सके कमाउँला, नसके घुमेर फर्किन्छु ।’

भाषा पढ्नकै लागि उनी ७ महिनादेखि काठमाडौं दिदीसँग बसिरहेकी छन् । सिन्धुलीकी धनु सुनुवार कोरिया भाषा परीक्षा तयारीकै लागि भनेर एक वर्षदेखि काठमाडौं बस्न थालेकी छन् । समाजशास्त्रमा स्नातकोत्तर सुनुवारलाई रोजगारीका लागि कोरिया जान मन लागेको बताउँछिन् । ‘धेरै वर्ष पढाएँ, कति गैरसरकारी संस्थाहरूमा काम गरें,’ उनले भनिन्, ‘यहीँ राम्रो काम पाइन्छ, तैपनि जीवनमा एकपटक कोरिया पुगौंजस्तो लागेको छ ।’ आफन्त र मिडियाबाट कोरियामा राम्रो आम्दानी हुन्छ भन्ने थाहा पाएकाले जाने निर्णय गरेको उनले सुनाइन् ।

४ वर्ष मलेसिया काम गरेर फर्केका सुनिल थापा पनि ९ महिनादेखि कोरियाली भाषा कक्षा लिइरहेका छन् । गाउँघरमा अधिकांशले कोरिया रोजेपछि आफूलाई पनि उतै जाने रहर लागेको उनले सुनाए । ‘काठमाडौं बसाइको खर्च धेरै छ, ऋmण गरेर भए पनि यतै बस्छु, भाषा सिक्छु,’ उनले भने । ताप्लेजुङका किशोर राईले कोरिया जानकै लागि सरकारी जागिर छाडे । ताप्लेजुङको सरकारी विद्यालयमा उनले १२ वर्ष पढाए । ‘सरकारी जागिर खाउँm कि ओकलुँजस्तो छ, सँगैका साथीभाइले घर, गाडी किनिसके,’ उनले भने, ‘त्यसैले जसरी पनि पास हुन्छु, कोरिया नै जान्छु, यो वर्ष नभए अर्को वर्ष ।’

हरेक वर्ष कोरिया जाने ‘क्रेज’ बढिरहेको कोरियाली भाषा प्रशिक्षण केन्द्र एससीईसी इन्स्टिच्युटका संस्थापक हरि सिवाकोटीले बताए । १४ देखि ५० वर्षसम्मकाले कोरिया जान चासो देखाउने गरेको उनले सुनाए । कम लागत, उपल्लो शैक्षिक योग्यता नचाहिने, आम्दानी पनि राम्रो हुने र उता काम सिकेर आएपछि नेपालमै राम्रो व्यवसाय गर्न सकिने कारण युवाहरूमा कोरिया क्रेज बढिरहेको सिवाकोटीको भनाइ छ । गृहिणी, विद्यार्थी, खाडी मुलुकबाट फर्किएका र सरकारी जागिरेसमेत कोरिया जान आकर्षित हुने गरेको उनले जनाए ।
Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com