‘श्रीमतीको अनुहारमा तातो तेल’


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

‘दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षका कान्छा छोराले खुसी हुँदै बजारबाट मासु लिएर आयो । कराइमा तेल तात्दै थियो, म प्याज काट्दै थिएँ । श्रीमानले एक्कासी तातो तेल अनुहारमा खनाइदियो ।’ दोलखास्थित बैत्यश्वर गाउँपालिका— ६ नाम्दूकी उर्मिला तामाङले काठमाडौंस्थित टिचिङ अस्पतालको प्लास्टिक सर्जरी ३७ नम्बर शैयाबाट फोनमार्फत भनिन् । ‘तेल अनुहारभरी परेपछि आँखा नै नदेख्नेगरी जलन भएर भाग्दा पनि श्रीमान कुमार तामाङले तलाई आगो लगाउछु भन्दै लखेटेपछि हारगुहार गरेँ ।,’ ३४ बर्षया उर्मिलाले रुदै भनिन, ‘ममाथि अन्याय भयो, न्याय पाउँ ।’
मंगलबार घटना हुनेबित्तिकै प्रहरी पुग्दा आरोपी ३९ बर्षिय कुमार फरार भएको दोलखा प्रहरीका सूचना अधिकारी प्रेमसागर केसीले बताउनुभयो । उहाँकाअनुसार गत मंगलबार भएको महिला हिंसाको घटनापछि आरोपीको खोजीमा प्रहरी परिचालन गरिएको छ । उजुरी परेपछि घटनालाई संवेदनशील सूचीमा राखेर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
मंगलबार राती ८ बजे भएको घटनापछि देवरले मोटरसाइकलमा हालेर घाइते उर्मिलालाई काब्रे मैनापोखरीस्थित अस्पताल लगेका थिए । उर्मिलाको दाजु अमित तामाङले भने, ‘घाइते बहिनी उर्मिलालाई बुधबार उपचारका लागि काठमाडौं ल्याइएको हो । अनुहार, आखाँ, जिब्रो, दाहिने पाखुरा र ढाडमा तातो तेलले पोलेको डाहाले उनी राम्रोसँग बोल्न सक्दिनन् ।’

जेठा १७ बर्ष, माइला १३ बर्ष र ९ बर्षकी छोरीकी आमा उर्मिलालाई यसअघि पनि दुईपटक कुमारले हिंसा गरेको आरोप छ । ‘केहीेबर्षअघि मोबाइलमा घन्टी बजेपछि कसको ‘मिसकल’ आयो भन्दै कुट्दै लगाइराखेको लुगा सबै च्यातेर बेइजतीपूर्वक घरबाट निकालिदियो,’ उर्मिलाले भनिन, ‘त्यसबेला पनि छिमेकीले आश्रय दिएपछि ज्यान बँचेको र लाज ढाक्ने मौका पाएकी थिएँ ।’ केहीसमय अघि बनमा दाउरा लिन को जाने भन्ने झगडामा पनि कपालको रौं नै उखेलिने गरी भुत्ल्याउदै कुटपीटि गरेको पनि सहेकी उनले सुनाइन् । मदिरा सेवन गरेर आयो की आरोप लगाउँदै कुटपीट गर्ने गरेको उनीको आरोप छ ।  उपचारमा सहयोग गरिरहेका अमित तामाङले बहिनी उर्मिलाले बारम्बार श्रीमानको कुटाइबाट ज्यान बचाँउन मुस्किल भो भनेर फोन गरेको बताए । ‘छोराछोरीको मुख हेरेर घर सम्हाल्नु भन्यौ, त अहिले झण्डै बहिनीको ज्यान नै गयो,’ उनले घाइते बहिनीको उपचार घटनाको यथार्थ बुझी कारबाहीको व्यवस्था हुनुपर्ने बताए ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com