नुवाकोटको साततल्ले दरबार निर्माण साउनदेखि चीनले बनाउने


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

जेष्ठ २५, २०७४- पुरातात्विक महत्त्व बोकेको ऐतिहासिक साततल्ले दरबारको आगामी नयाँ आर्थिक वर्षदेखि निर्माण थालिने भएको छ । पुनर्निमाणको लागि साधन, स्रोत र समय बढी आवश्यक पर्ने भएकाले ढिलाई हुन गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । गत २०७२ साल बैशाख १२ गतेको महाभूकम्पले दरबार क्षति पुगेको थियो ।

दुई वर्षदेखि उक्त दरबार अझै टेकोकै भरमा छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि निर्माण प्रक्रियाले तीव्रता पाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव यमलाल भुसालले बताए । उनलेभने, ‘नयाँ आर्थिक वर्षदेखि सम्पदाको पुनर्निर्माण तीव्र अघि बढ्छ ।’ यस्ता पुरातात्विक सम्पदा निर्माण गर्दा स्रोत, साधन र बढी समय आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

‘दरबार पुनर्निमाणको लागि साधन, स्रोत र समय धेरै चाहिने भएकोले ढिलाई हुन गइएको हो,’ प्राधिकरणका सहसचिव भुसालले भने । प्राधिकरणका अनुसार एकसय भन्दा बढी सम्पदाहरु निर्माण भइरहेका छन् । निर्माणाधीन बसन्तपुरको काठष्टमण्डप, राजा पृथ्वीनारायण शाहले बनाउन लगाएको नौतल्ले दरबार, गोरखा दरबार र नुवाकोटको साततल्ले दरबार पुरातात्विक सम्पदाको डिजाइन गर्ने कामहरु भइरहेको छ ।

‘ड्र्याङ डिजाइनको काम सकिएलगतै क्रमश ती पुरातात्विक सम्पदाका कामहरु अघि बढ्छन्,’ प्राधिकरणका सहसचिव  भुसालले भने । चीन सरकारले सहयोग निर्माण हुन गईरहेको साततल्ले दरबार सहित अन्य सम्पदाहरु रहेको प्राधिकरणले जनाएको छ । नुवाकोटको सम्पदा मात्र  नभएर अन्य पनि छन् । पोलिटेक्निकल इन्टिच्युटहरु, अस्पताल र स्कुलहरु चीन सरकारको सहयोगमा पुनर्निर्माणको क्रममा छन् । चीन सरकारको विशेषत संरचना बनाएर हस्तान्तरण गर्ने यो ‘टर्न की’ बेसिसमा हुने प्राधिकरणका सहसचिव भुसाल बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘उसले बनाएर हस्तान्तरण गर्ने हो,’ उनले भने,‘साततल्ले दरबार ढलि नसकेकाले प्राविधिकले दिएको प्रतिवेदनमा रेक्ट्रोफिट गरेर बन्छ भने नभइत्काइने तर स्ट्रक्चर इन्जिनियरले नभत्काई यो संरचना उभिन सक्छ भन्यो भने दरबार भत्काउनु परेन ।’

पुरातात्विक सम्पदाहरुका कार्ययोजना बनिसकेको प्राधिकरणले जनाएको छ । नुवाकोट दरबार काठमाडौंदेखि ७५ किलोमिटरको दुरीमा उत्तर-दक्षिणतर्फ डाँडामा अवस्थित छ । विदुरनगरपालिका-२ मा पर्छ ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com