भक्तपुर, २५ जेठ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा गएराति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मध्यराति १ बजे भक्तपुरबाट सानोठिमीतर्फ मोडिँदै गरेको बा ४ ख ८१८० नम्बरको टिपरले काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा ७० प ३३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ दुवाकोटका २५ वर्षीय नीरज मल्ल ठकुरीको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार निजकै भाइ वर्ष २२ का अजय मल्ल ठकुरी गम्भीर घाइते भएका छन् ।
दुर्घटनापछि उपचारका लागि दुवै घाइतेलाई नागरिक अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिएन्डबी अस्पताल, ललितपुर लगिएको र उपचारकै क्रममा एकको मृत्यु भएको र घाइतेको उपचार भइरहेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
महानगरीय प्रहरी वृत्त थिमिको टोलीले टिपर र टिपर चालक सिन्धुपाल्चोक घर भई हाल चाबहिल बस्दै आएका गोविन्द गिरीलाई नियन्त्रणमा लिएको छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।