म्यानमारमा सेनाको जहाज दुर्घटना : १०६ यात्रु सवार जहाजको भग्नावशेष आन्डमन सागरमा फेला


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

एक सयभन्दा बढी यात्रु बोकेको म्यानमार सेनाको हराइरहेको विमानको भग्नावशेष आन्डमन सागरमा फेलापरेको छ । बुधबार दिउँसो म्यानमारको दक्षिणी सहर मिइकबाट यांगुनका लागि उडेको वाई–८ एफ–२०० विमान दिउँसो एक बजेर ३५ मिनेट जाँदा आन्डमन सागरमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो । विमानमा १ सयभन्दा बढी सैनिक र उनीहरूका परिवार सवार थिए । ट्राफिक कन्ट्रोलरसँग विच्छेद भएपछि नौसेनाका जहाजले विमान खोजी गरेका थिए ।

‘दक्षिणी मिइकबाट १३६ माइलको दूरीमा रहेको समुद्रमा नौसेनाले दुर्घटनाग्रस्त विमानका टुक्राहरू फेलापारेका छन्,’ मिइक सहरका पर्यटन व्यवसायी नेइङ लिन जाले बताए । नौसेनाले समुद्रमा खोजीकार्य तीव्र पारेको पनि उनले बताए । विमानभित्र कति यात्रु थिए भन्ने यकिन तथ्यांक सार्वजनिक भइसकेको छैन । म्यानमारको कमान्डर इन चिफको कार्यालयका अनुसार विमानभित्र चालक दलका १४ सदस्यसहित १०६ यात्रु थिए । यात्रुमध्ये अधिकांश सिपाही र उनीहरूका परिवार थिए । उनीहरूमध्ये एक दर्जनभन्दा बढी बालबालिका थिए ।

बेपत्ता विमानको खोजीका लागि चारवटा जलसेनाका र दुईवटा हवाई फोर्सका विमान परिचालन गरिएको थियो । म्यानमारमा अहिले वर्षात् मौसम सुरु भइसकेको छ । तर, दुर्घटनाको समयमा आकाशमा कुनै खराब मौसम नदेखिएको बताइएको छ । ‘विमानमा प्राविधिक समस्या आएको हुनुपर्छ, विमान उडेको आकाशमा मौसम सफा थियो,’ विमानस्थल स्रोतको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । चीनमा निर्मित सो विमानलाई म्यानमारको सेनाको सामान ओसारपसारका लागि प्रयोग गथ्र्यो । सो विमान सेनाले गत वर्षको मार्चमा किनेको थियो ।

Source : Naya Patrika

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com