देउवा सरकारको पहिलो निर्णयः ७ माघ भित्र संघीय र प्रदेशको निर्वाचन सम्पन्न गर्ने


प्रकाशित मिति : जेष्ठ २४, २०७४ बुधबार

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा वुधवार सिंहदरबारमा वसेको पहिलो मन्त्रिपरिषदको वैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको मिति १४ असारमा नै सम्पन्न गर्ने निर्णय गरेको छ । सरकारको मुख्य प्राथमिकताको रुपमा संविधानको कार्यान्वयन र संक्रमणकालिन अवस्थाको अन्त्य गर्नुपर्ने भएकाे बैठककाे निष्कर्ष छ ।

यसैगरी, वैठकले २०७४ साल माघ ७ गते भित्र संघीय र प्रदेशको निर्वाचन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । वैठकले पुर्ननिर्माणको कार्यलाई प्रभावकारी र तीव्र वनाउने, सेवा प्रवाहको प्रभावकारीलाई जनता समक्ष पुर्‍याउने, अर्थिक समृद्धिलाई महत्व दिने, शान्ति सुरक्षाको प्रत्याभुति र दैनिक जीवनसँग जोडिएको आधारभूत आवश्यकताको सहजीकरण गर्ने र शान्ति प्रक्रियालाई पुरा गर्ने लगायतका निर्णय गरिएको अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद् वैठकले सुचना तथा सञ्चार मन्त्री नियुक्त नहुदासम्मका लागि अर्थमन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

Source : Naya Patrika

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com