दुर्घटनामा प्रधानाध्यापकको मृत्यु


प्रकाशित मिति : जेष्ठ २४, २०७४ बुधबार

कैलाली, २४ जेठ । टीकापुर नगरपालिकाको जानकी गाउँपालिका पथरियामा आज बिहान ना। ५ ख ५३० नम्वरको बस दुर्घटना हुँदा टीकापुर नगरपालिका–१ का करुणा विद्यालयका प्रधानाध्यापक जोधुराम चौधरीको मृत्यु भएको छ ।

टीकापुरबाट नेपालगञ्जतर्फ गइरहेको सुदुरपश्चिम यातायातको बस ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा उक्त बसमा सवार प्रधानाध्यापक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका ट्राफिक प्रमुख दीपक पातलीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते अन्य चारजनाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com