७३ वर्षीय पूर्वब्रिटिस लाहुरेले दिए उम्मेदवारी


प्रकाशित मिति : जेष्ठ २४, २०७४ बुधबार

दमक : उमेरले सात दशक पार गर्यो तर देश र जनताको सेवा गर्दै सामाजलाई विकसित बनाउने ऊर्जा भने युवा अवस्थाकै जस्तै छ। सानै उमेरदेखि उनी देश र जनताको सेवा गर्नुपर्छ भन्ने उद्देश्य लिएर अघि बढे। उनले लामो समय ब्रिटिस आर्मीमा काम गरेर गोर्खालीको शिर उच्च राखे। अब भने देश र जनताको सेवा गर्ने लक्ष्यसहित उनी अघि बढेका छन्। उनी हुन् झापा, दमकका ७३ वर्षीय मेहेरमान लिङ्देन। उनी अहिले बुढेसकालमा देश र जनताको पक्षमा काम गर्ने उद्देश्यले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा दमक ६ बाट वडाअध्यक्षको उम्मेदवार बनेका छन्। करिब २० वर्ष ब्रिटिस आर्मीमा सेवा गरेको र त्यसपछि  १० वर्षसम्म ब्रुनाईमा बसेको आफ्नो अनुभवलाई सदुपयोग गर्दै दमकलाई व्यवस्थित सहर बनाउन उनले नेकपा माओवादी केन्द्रका तर्फबाट वडाअध्यक्षको उम्मेदवारी दिएका छन्। उनी ब्रिटिस आर्मी मात्र होइनन् दमकमा रहेर विगत २० वर्षदेखि विभिन्न सामाजिक संघसस्थामा रहेर काम गर्दै आएका छन्। उनले किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय उपाध्यक्षसमेत भएर काम गरिसकेका छन्। त्यस्तै दमकमा रहेको घरबेटी संघमा लामो समय देखि नेतृत्व गर्दै आएका छन्। यस्तै उनी दमकमा एफएम रेडियो खोल्ने पहिलो परिकल्पनाकार समेत हुन्। उनी भन्छन्, ‘म ब्रुनाई बस्दा काम मैले काम गरेको परिवारसँग अमेरिका गएको थिएँ, त्यसबेला अमेरिकमा गरि गरि म्युजिक बज्ने, खबर आउने गरेको देखेर, यो के रहेछ, भन्ने लाग्यो, त्यसपछि अनुसन्धान गर्दै जाँदा २०६३ सालमा दमकमा सप्तरङ्गी एफएम खुल्ने योजना बनाएँ, र सञ्चार मन्त्रालयमा दर्ता गरे, हामीले केही समय ढिला गर्यौँ त्यही समयमा दमकमा अर्को एफएम खुल्यो त्यस कारण हामी पहिलो रेडियो भने बन्न सकेनौं।’ जीवनको अन्तिम क्षणसम्म देश सेवा गर्छु उनी आफूले यूवा अवस्थाको जोसिलो उमेर ब्रिटिस आर्मीमा बिताएको सम्झदै अब भने जीवनको अन्त्यसम्म आफ्नै समाजको सेवा गर्ने बताउँछन्। भन्छन्, ‘१७ वर्षको लक्का जवान हुँदा सन् १९६२ को अक्टोबर महिनामा ब्रिटिस आर्मी भएँ, मैले नचाहँदा नचाहँदै आर्मी भएको हो, गाउँमा आर्मी छान्न आउने एक दाई मेरो आफन्त हुनुहुन्थ्यो, त्यतिबेला म पाँचथरमा थेँ गाउँमा बस्तु चराउन गएको बेला आफन्तले आर्मीमा लगे, घरमा पनि थाहा भएन, मेरे युवा अवस्था अर्काको देशको सेवा गर्दैमा वित्यो तर अब म त्यहाँको अनुभवलाई सदुपयोग गर्दै जीवनको अन्तिम क्षण सम्म मेरो देशको सेवा गर्छु।’
आफू वडामा विजयी भएमा आफूले अन्य देशमा देखेर र अनुभव गरेर आएको अनुभवलाई लगाए दमकको मुटुको रुपमा रहेको मुख्य बजार दमक ११ लाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्छन्। भन्छन्, ‘म अध्यक्ष हुनेबित्तिकै केही चमत्कार गर्ने होइन, म अध्यक्ष भएँ भने यहाँ रहेको स्रोतहरुलाई परिचालन गर्छु, बजारलाई व्यवस्थित गर्न यहाँ रहेका भत्किएका सडकलाई बनाउँछु।’ नगरलाई हरित गृह बनाउँछु आफूले विजयी हासिल गरेमा बजारमा सार्वजनिक स्थलमा मदिरा र धुम्रपान गर्न नदिने बताउँछन्। उनी भन्छन्, ‘म विजयी भएँ भने, जताततै हुने धुम्रपान रोक्छु।’ नगरलाई हरित नगर बनाउन वडाको एक ठाउँमा बगैचा नै निर्माण गर्ने उनी बताउँछन्। बालबालिकाका लागि बालउद्यान निर्माण गर्ने उनले बताए। उनले आफ्नो वडामा अन्य दलबाट युवा उठेको बताउदै युवाको सधै सम्मान गर्ने बताउछन्। भन्छन्,‘ म सधै युवाको सम्मान गर्छु, उनीहरु संग जोस हुन्छ, केही गर्न सक्छन्, तर उनीहरुसँग अहिले नै अनुभव हुँदैन, केही गर्नकालागि अनुभवको आवस्यक पर्छ, त्यसलै म वडाअध्यक्षको उम्मेद्वारी दिएको हुँ।’ उनी यसअघिसम्म कुनै राजनीतिक दलमा नलागी समाजको सेवा गर्दै आएका हुन्। उनी भर्खरै मात्र माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उनी भन्छन्, ‘लामो समय सम्म म कुनै दलमा बसिनँ, धेरैले अफर गर्नुभो तर मलाई राजनीतिक ठीक लागेन, म माओवादीको एजेण्डाकै कारण यस पार्टीमा प्रवेश गरेको हुँ।’

साभार : थाहाखबर
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com