यी हुन् माआवादी केन्द्रबाट मन्त्री बन्ने तीन नेता


प्रकाशित मिति : जेष्ठ २४, २०७४ बुधबार

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा  माओवादी केन्द्रले  पठाउने मन्त्रीहरुको टुंगो लगाएको छ । बुधबार बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले आज ३ मन्त्रीको नाम टुंगो लगाएको हो ।

जसमा कृष्णबहादुर महरालाई उपप्रधान तथा परराष्ट्र, जर्नादन शर्मालाई गृह र प्रभु शाहलाई विनाविभागिय मन्त्री बनाउने निर्णय गरेको छ ।प्रचण्ड नेतृत्वको सरकारमा महरा अर्थमन्त्री थिए भने शर्मा प्रभाकरले उर्जा मन्त्रालय सम्हालेका थिए । प्रचण्ड नेतृत्वको सरकारका पालामा महरा अर्थमन्त्रीको भूमिकामा थिए । त्यस्तै, प्रचण्डकै सरकारमा उर्जामन्त्रीको भुमिकामा रहेर प्रभाकरले लामो समयदेखि लोडसेडिङको मार खेपिरहेको नेपाललाई उन्मुक्ति दिलाएका थिए । पूर्व कानूनमन्त्रीसमेत रहेका साह अहिले व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा मानवअधिकार समितिका सभापतिको जिम्मेवारीमा पनि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com