कतारमा कूटनीतिक संकट : तत्काल नेपालीलाई कुनै समस्या छैन नेपाल पर्ख र हेरको रणनीतिमा


प्रकाशित मिति : जेष्ठ २४, २०७४ बुधबार

कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर र त्यहाँ कार्यरत कामदारको भविष्य के हुन्छ भन्ने सन्दर्भमा सरकार पर्ख र हेरको रणनीतिमा छ । ‘पछिल्लो घटनाक्रमबाट कतारस्थित नेपाली नागरिकलाई नकारात्मक असर परेकोबारे अहिलेसम्म कुनै रिपोर्टिङ आइसकेको छैन,’ उनले भने, ‘परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैगरी रणनीति बनाउँछ ।’

लामो समय आर्थिक नाकाबन्दी भए मात्र रोजगारीमा समस्या
श्रम तथा रोजगार मन्त्रालयका अनुसार कतारमा अहिले साढे ३ देखि ४ लाख नेपाली कामदार कार्यरत छन् । त्यसमध्ये ठूलो हिस्सा निर्माण क्षेत्रमा सक्रिय छ । मन्त्रालयका अनुसार भारतपछि धेरै नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् । त्यसकारण कूटनीतिक विच्छेद र नाकाबन्दीले रोजगारीमा तत्काल ठूलो असर नपर्ने, तर आर्थिक नाकाबन्दी लामो समय रहेमा भने समस्या आउन सक्ने मन्त्रालयको भनाइ छ ।

नयाँ रोजगारीको माग के होला ?
कतार समस्या लामो समय लम्बिएमा नया“ रोजगारीको अवसर नआउने र कतारको गन्तव्य नै खतरामा पर्ने सम्भावनाबारे आशंका सुरु भएको छ । तर, व्यवसायीहरू भने यो समस्या शीघ्र हल हुनेमा आशावादी छन् । ‘यो समस्या कति दीर्घकालसम्म लम्बिन्छ भन्ने विषय महत्वपूर्ण हो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकाल भन्छन्, ‘आजकै दिनमा अब के हुन्छ भनेर प्रतिक्रिया दिन सक्ने अवस्था छैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोविन्दमणि भुर्तेल
प्रवक्ता
श्रम तथा रोजगार मन्त्रालय
कतार समस्याबाट नेपालीमाथि पर्ने तत्कालीन असर वायुसेवाको टिकट हो, यसका लागि पनि विकल्प छन् । आगामी दिनमा के हुन्छ आजै भन्न सकिने अवस्था छैन । परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैअनुसार रणनीति बनाउँछ ।

यमबहादुर खड्का
प्रबन्ध निर्देशक
एरोलिना ट्राभल
आफ्नो मुलुकमा ट्रान्जिट गरी कतारसम्म उडान गर्ने कम्पनीले कतारको टिकट बिक्री बन्द गरेपछि अन्य कम्पनीले मौकाको फाइदा छोपी भाडा बढाउन सक्छन् । नेपाली कम्पनीहरूलाई निकै राम्रो अवसर आएको छ । नेपाली कम्पनीले उडान संख्या बढाएर नेपाली दाजुभाइलाई सेवा दिनुपर्छ ।

नेपालीलाई समस्या परेको खबर छैन : परराष्ट्र
कतारमाथिको कूटनीतिक संकटपछि त्यहाँ कार्यरत नेपाली नागरिक समस्यामा परेको गुनासो भने नआएको परराष्ट्र मन्त्रालयले बताएको छ । ‘हामी सम्बन्धित मुलुकस्थित नेपाली दूतावासस“ग निरन्तर सम्पर्कमा रहेर रिपोर्टिङ लिइरहेका छौँ,’ मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, ‘अहिलेसम्म नकारात्मक खबर केही पनि आएको छैन ।’

हवाई भाडा बढ्ने आशंका
कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका मुलुकका वायुसेवा कम्पनीले कतारको दोहामा हुने सबै उडान रद्द गरेपछि नेपाल–दोहा गन्तव्यको हवाई भाडा वृद्धि हुने आशंका बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार खाडी मुलुकका वायुसेवा कम्पनीले नेपालबाट दोहा जाने यात्रुको टिकट काट्न बन्द गरिसकेका छन् । तर, त्यहाँ पुग्ने विकल्प भने बन्द भइसकेको छैन । ‘अब वायुसेवा कम्पनीले मौकाको फाइदा उठाउँदै दोहा गन्तव्यको भाडा बढाउन सक्छन्,’ एरोलिना ट्राभलका प्रबन्ध निर्देशक तथा सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेसन (सोट्टो) नेपालका निर्वतमान अध्यक्ष यमबहादुर खड्का भन्छन्, ‘यसलाई नेपाल एयरलाइन्सले हस्तक्षेप गर्न सक्नुपर्छ ।’ एयर इमिरेट्स, इत्तिहाद एयर, एयर अरेबिया र फ्लाई दुबईले दोहा उडान रद्द गरेका छन् ।

अब कतार उड्ने र नेपाल फर्कने उडान

काठमाडौं–दोहा : कतार एयरलाइन्स

काठमाडौं–दोहा : नेपाल एयरलाइन्स

काठमाडौं–दोहा : हिमालय एयरलाइन्स

काठमाडौं–ढाका–दोहा : विमान बंगलादेश

काठमाडौं–मस्को–दोहा : ओमन एयर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com