मन्त्रीमण्डल गठनको तयारी


प्रकाशित मिति : जेष्ठ २४, २०७४ बुधबार

नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवाले आज सानो आकारको मन्त्रीमण्डल गठनको तयारी गर्नुभएको छ । आफ्नै पार्टी र सत्तासहयात्री दलसंग छलफलपछि देउवाले पहिलो चरणमा आज ८ सदस्यीय मन्त्रीमण्डल बनाउन लाग्नुभएको हो । कंग्रेसबाट ३, माओवादी केन्द्रबाट २, तथा राप्रपा र नेपाल लोकतान्त्रिक फोरमबाट १/१ जना राखेर पहिलो चरणमा आज ८ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी भएको कंग्रेस नेता मिन वहादुर विश्वकर्माले जानकारी दिनुभयो । मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन ।  कंग्रेसबाट गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की र महेश आचार्य आज मन्त्रीमण्डलमा सहभागी हुने संभावना छ । यस्तै माओवादी केन्द्रले पहिलो चरणको मन्त्रीमण्डलमा टोपवहादुर रायमाझी र प्रभु शाहलाई पठाउने तयारी गरेको छ । नेपाल लोकतान्त्रिक फोरमबाट भने अध्यक्ष विजय गच्छदार उपप्रधान सहित सरकारमा सहभागी हुने बताईएको छ । राप्रपाबाट भने मन्त्रीमण्डलमा जानेको टुङ्गो लागिसकेको छैन । उपप्रधानमन्त्री सहित अध्यक्ष कमल थापा नै सरकारमा सहभागी हुने वा अन्यलाई पठाउने भन्नेबारेमा टुङ्गो लाग्न सकेको छैन । सत्तासाझेदार दलबीच भएको सहमति अनुसार बर्तमान सरकारमा ४ उपप्रधानमन्त्री हुने भएका छन् ।

साभार : इकान्तिपुर

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com