काठमाडौँ, २३ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘एक क्षेत्र एक मार्ग’ परियोजनामा नेपालले हस्ताक्षर गरेपछि पारस्परिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।
चीन–तिब्बत सांस्कृतिक मञ्चको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्री महराले परम्परागत नेपाल–चीन सम्बन्ध पछिल्ला दिनमा अझ विस्तारित भएको बताउनुभयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जुनसुकै पार्टीको नेतृत्वमा नेपालमा सरकार गठन भए पनि एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध रहने बताउँदै नेपालप्रति आशङ्का नगर्न चिनियाँ मित्रहरुलाई आग्रह गर्नुभयो ।
नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अत्यन्त पुरानो रहेको र भृकुटी र स्रङ्चङगम्पोले अझ मजबुत तुल्याएको बताउँदै नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने दृढता व्यक्त गर्नुभयो ।
खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏
तिब्बतसम्बन्धी चिनियाँ अनुसन्धान केन्द्रका नायब महानिर्देशक आन चीले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण आधार बुद्ध धर्म हो भन्दै शाक्यमुनि गौतमबुद्धको जन्मस्थल नेपालप्रति चिनियाँहरुमा अगाध स्नेह रहेको बताउनुभयो ।
नेपाल अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठले नेपाल–चीन जनस्तरको सम्बन्धलाई पनि उत्तिकै महत्वका साथ लिनुपर्नेमा जोड दिनुभयो । दुईदिनसम्म सञ्चालन हुने उक्त मञ्चमा चीनका १७ र नेपाली १५ जना विद्वानले भाग लिएका छन् । साथमा तिब्बतसम्बन्धी तस्बिर र पुस्तक प्रदर्शनी पनि आयोजना गरिएको छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।