खेलकुद नीति २०६७ परिमार्जनका अन्तिम चरणमा


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

काठमाडौँ, २३ जेठ । युवा तथा खेलकुद मन्त्रालयले एक वडा दश युवा तथा एक उद्यम कार्यक्रम प्रत्येक निर्वाचन क्षेत्रमा नमुनाका रुपमा सञ्चालन गरेको छ । त्यसबाट दुई हजार ४०० लाभान्वित भएको जनाइएको छ ।

मन्त्री दलजित श्रीपाइलीले गत साउन २० गते मन्त्रालयको नेतृत्व गरेपछि अहिलेसम्म गरिएका विभिन्न कार्यक्रमको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय स्थापनाका लागि काम भइरहेको जानकारी दिनुभयो ।
मन्त्री श्रीपाइलीले प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय तहको रङ्गशाला तथा प्रत्येक गाउँपालिका र नगरपालिकामा खेलपूर्वाधारको निर्माण अघि बढेको जानकारी दिनुभयो । खेलाडी कल्याणकारी कोष, खेलाडी स्वास्थ्य बिमा र परिचयपत्रको व्यवस्था गर्न राष्ट्रिय खेलकुद परिषद् बैठकबाट निर्णय भई प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो ।

युवासम्बन्धी तथ्याङ्क बनाउने काम भइरहेको र पाँच सय युवाका लागि युवा सीप तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन गरिएको बताउँदै उहाँले खेलकुद विकास ऐन, २०४८ लाई प्रतिस्थापन गर्न खेलकुद विधेयकको मस्योदा तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएर विधेयक समितिमा पठाइएको बताउनुभयो । राष्ट्रिय खेलकुद नीति २०६७ परिमार्जनको अन्तिम चरणमा रहेको जानकारी पनि उहाँले दिनुभयो ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश नं ५ को बाँके र दाङमा सञ्चालन गर्न पूर्वाधार निर्माणलगायत २९ बुँदे काम यस अवधिमा अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com