Follow @khasokhasmag

गोसाइँकुण्डको भेटी रु ३० लाख


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

रसुवा, २३ जेठ । पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० लाख भेटी चढाएका छन् ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी रु २९ हजार ८८७ सङ्कलन भएको हो । पुजारीले जम्मा गरी ल्याएपछि धुन्चेमा भेटी गणना गरिएको हो । यही जेठ १२ देखि २१ गतेसम्म परेको यस वर्षको गङ्गादशहरा पर्वका अवसरमा पाँच हजार भक्तजनले गोसाइँकुण्ड दर्शन गरेको समितिले जनाएको छ ।

मेला भर्न गएका एक यात्रुलाई मात्र लेक लाग्ने समस्या देखिएकाले उनलाई नेपाली सेना र नेपाल प्रहरीले बोकेर बेँसी झारेको र एक यात्रुको नुहाउँदा डुबेर निधन भएको प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले बताउनुभयो । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com