मोटरसाइकल चालकको मृत्यु


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

उर्लाबारी (मोरङ), २३ जेठ । मोरङको विराटनगर–३ स्थित कोसी राजमार्गमा सोमबार राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एन एल ओ १ एल ६०६३ नम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २८ प ६४८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक विराटनगर–३ बस्ने २६ वर्षीय उत्सव पोख्रेलको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने लहरीलाई नियन्त्रणमा लिएपनि त्यसका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com