चट्याङ लागेर चारजना घाइते


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

भीमदत्तनगर, २३ जेठ । कञ्चनपुरको बेदकोट नगरपालिकामा सोमबार चट्याङ लागेर चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चट्याङ लागेर बेदकोट नगरपालिका–३ का २४ वर्षीय राजेन्द्र सार्की र २६ वर्षीय तुलसी सार्की घाइते भएका छन् ।

त्यसैगरी, बेदकोट नगरपालिका–५ की ३५ वर्षीया मानमती विष्ट र बेदकोट–७ का ४० वर्षीय मानबहादुर खुना समेत चट्याङ लागेर घाइते भएको प्रहरी जनाएको छ ।

घाइतेमध्ये राजेन्द्र सार्कीको सेती अञ्चल अस्पताल, धनगढी र अन्यको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चट्याङकै कारण बेदकोट नगरपालिका–८ का रामसिंह ठगुन्नाको कुखुरा फार्ममा चट्याङ पर्दा करिब ९०० कुखुरा मरेको प्रहरीले जनाएको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com