काँग्रेसबाहेक सबै दलले उम्मेदवार टुङ्गो लगाए


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहका लागि नेपाली काँग्रेसबाहेक सबै राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

विशेष गरी यी स्थानीय तहमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपासहित ससाना दलले उम्मेदवार टुङ्गो लगाएका छन् । यद्यपि काँग्रेसलाई भने उम्मेदवार टुङ्गो लगाउन हम्मेहम्मे परेको छ ।

संविधान संशोधन भएमा निर्वाचनमा भाग लिने पक्षमा रहेका मधेस केन्द्रीत दलहरु पनि आन्तरिकरुपमा सम्भावित उम्मेदवार चयन गर्न लागिपरेको अवस्था छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यता निर्वाचनमा भाग लिए मधेसकेन्द्रीत दल एक भएर निर्वाचनमा उम्मेदवारी दिने अन्तिम कसरतमा छन् । मधेसकेन्द्रीत दल बाह्यरुपमा उम्मेदवारको नाम सार्वजनिक नगरे पनि निर्वाचनमा सहभागी बने एकभएर अघि बढ्ने तयारीमा छन् ।

नवलपरासीको कुल स्थानीय तहको सङ्ख्या १५ छ । यसअगावै प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा प्रथम चरणमा गत बैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ । बाँकी सातवटा स्थानीय तहमा दोस्रो चरणमा असार १४ मा निर्वाचन हुँदैछ ।

विशेषगरी पहिलो चरणमा निर्वाचन नभएको प्रदेश नं ५ अन्तर्गतको नवलपरासीको क्षेत्र विस्तारै निर्वाचनमय बन्दै गएको छ । अब दोस्रो चरणमा निर्वाचन हुने स्थानीय तह सांसदीय क्षेत्रको हिसाबले क्षेत्र नं ४, ५ र ६ मा पर्दछ ।

सरकारले दोस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्ने ब्यापक तयारी गरिरहँदा नवलपरासीमा ठूला राजनीतिक दल काँग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चाबीच प्रतिस्पर्धा हुने अवस्था छ ।

प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहमा कुल एक लाख ८३ हजार १३ मतदाता सड््ख्या रहेको छ । तीमध्ये ९३ हजार १७७ पुरुष, ९९ हजार ८३१ महिला र पाँचजना तेस्रोलिङ्गी मतदाता रहेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com