कतारमा संकटपछि ‘काठमाडौं- युएई – दोहा’ उडान बन्द


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

कतारमा उत्पन्न संकटपटि काठमाडौंबाट युएई हुँदै दोहा जाने नेपालीहरु प्रभावित भएका छन् । कतारसँग कुटनीतिक सम्बन्ध तोडेपछि मंगलबारविहानदेखि फ्लाई दुबई, इतिहाड एयरवेज र इमिरेट्सले कतारबाट र कतारका लागि सबै उडानहरु बन्द गरेका छन् । साउदी आकाशका कतार एयरवेजलाई पनि प्रतिबन्ध लगाइएको छ ।

जसका कारण काठमाडौंबाट दोहा जाने नेपालीहरुले पहिलेजस्तो युएई तथा अरबका एयरलाइन्समार्फत यात्रा गर्न नपाउने अवस्था आएको छ । काठमाडौंबाट अब कतार एयरवेज र हिमालय एयरलाइन्सको मात्र दोहा उडान हुने छ। तर यो भन्दा पहिले इतिहाद, फ्लाई दुबई लगायतका एयरलाइन्सले दोहाको लागि यात्रुहरु ओसारपसर गर्दै आएका थिए ।

इतिहाद, फ्लाई दुबई लगायतका एयरलाइन्सले दोहाको लागि उडान बन्द गरेपछि कतारमा जाने नेपालीहरु अब समस्यामा परेका छन् । अब उनीहरुले कतार एयरवेज र हिमालय एयरलाइन्समात्र प्रयोग गर्नुपर्नेछ भने टिकट पनि महँगो पर्नसक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com