मासाचुसेट्समा भ्याक्सिन लगाएका कोरोना संक्रमित झण्डै ६० हजार, ४६८ को मृत्यु


प्रकाशित मिति : कार्तिक २४, २०७८ बुधबार

अमेरिकाको मासाचुसेट्स राज्यमा पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका संक्रमितको संख्या झण्डै ६० हजार पुगेको छ । राज्यको स्टेट डिपार्टमेन्ट पब्लिक हेल्थले भ्याक्सिन लगाएका संक्रमितको संख्या कुल ५६ हजार ८ सय ७ पुगेको जानकारी दिएको हो ।

भ्याक्सिन लगाएकाहरुमा देखिएको संक्रमण पूर्णरुपमा भ्याक्सिन लगाएका ४७ लाखमध्ये १ दशमलव २ प्रतिशतमात्र र मृत्यु हुनेहरुको प्रतिशत पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुमा शुन्य दशमलव शुन्य १ प्रतिशत रहेको जनाइएको छ । गतसातामात्र मासाचुसेट्समा पूर्णरुपमा भ्याक्सिन लगाएका ४६ सय ८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

अघिल्लो साता भ्याक्सिन लगाएकाहरु संक्रमित संख्या ३१ सय ९२ रहेकोमा गतसाता यसमा ४४ प्रतिशत बृद्धि भएको हो । गतसाता भ्याक्सिन लगाएपछि पनि संक्रमित १४७ जना अस्पतालमा भर्ना भएका थिए । अघिल्लो साता यो संख्या १०६ रहेको थियो । समग्रमा पूर्णरुपमा भ्याक्सिन लगाएहरुमध्येबाट अस्पताल भर्ना हुनेदर शुन्य दशमलव शुन्य ४ प्रतिशत रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मासाचुसेट्सले गत जुलाई ३१ मा भ्याक्सिन लगाएकाहरु संक्रमित संख्या ७ हजार ७ सय ३७ पुगेको जनाएको थियो । त्यसयता हरेक साता भ्याक्सिन लगाएपछि पनि संक्रमित हुनेहरुको संख्या सार्वजनिक गरिदै आएको छ । जसमध्ये सबैभन्दा धेरै गत साता संक्रमित भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com