लिकुवापोखरीमा चितुवा आतङ्क


प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार

A female cheetah chasing down her prey, a baby Impala, Mara Masai Game Reserve, Kenya, Africa.

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाले आतङ्क मच्याएको छ । चितुवाले खोटेहाङ गाउँपालिका–१ मा पर्ने लिकुवापोखरीमा अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ ।

जङ्गलबाट गाउँ पसेको चितुवाले चार दिनअघि एकैपटक स्थानीय टङ्क तिमल्सिनाको तीनवटा खसी मारेको स्थानीय पशु प्राविधिक दिपेश खड्काले जानकारी दिनुभयो । “स्थानीयवासी सनमान खड्काको यसअघि पटक–पटक गरेर १२ वटा खसीबाख्रा मारेको थियो ।” उहाँले भन्नुभयो– “राति खोरमा पसेर र दिउँसो चरनमा गएको समयमा चितुवाले अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ ।”

तीन महिनाअघिदेखि गाउँ पसेको चितुवाले दर्जन बढी खसीबाख्रा घाइते बनाएको स्थानीयवासीले बताएका छन् । गाउँमा पसेर चितुवाले धमाधम खसीबाख्रा मार्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

गत वर्ष पनि गाउँमा चितुवा पसेर खसीबाख्रा, गाईगोरु मारेको स्थानीयवासीले बताएका छन् । यस वर्ष पनि सोही बाघ गाउँ पसेको स्थानीयवासीको अनुमान छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com