सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

जिल्लास्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीमा अतिक्रमणलगायत विषयमा दुबै देशले विशेष निगरानी बढाउने निर्णय पनि गरेको छ ।

नेपालका महोत्तरी, धनुषा, सिरहा र सप्तरीका प्रअिजसहित सुरक्षा निकायका प्रमुख र भारतका मधुवनी जिल्लाका डिएम, एसपी, एसएसबीका एसपीसहितको उपस्थितिमा बसेको सो बैठकमा आउँदो असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका विषयमा आवश्यक छलफल गरिएको बैठकको अध्यक्षता गर्नुभएका महोत्तरीका प्रअिज वीरेन्द्रकुमार यादवले बताउनुभयो ।

अठ्चालिस बी बाहिनी एसएसबी जयनगरमा सम्पन्न सो बैठकमा स्थानीय तह दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण, भयरहित, अपराधमुक्त वातावरणमा सम्पन्न गर्न दुवै पक्षले कडा सीमा सुरक्षा गस्तीलगायत सबै पक्षमा महत्वपूर्ण भूमिका खेल्ने निर्णय गरिएको महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com