लण्डनको छुट्टाछुट्टै ठाउँमा भएको आतंककारी घटनामा ७ जनाको ज्यान गएको छ भने ४८ भन्दा बढी घाइते भएका छन्। हिजो साँझ १०:३० बजे लण्डन ब्रिजमा एउटा गाडीलाई पैदलयात्री भएका ठाउँमा जोताइएको थियो भने नजिकैको बरो मार्केट क्षेत्रमा जथाभावी छुरा प्रहारका गरिएको थियो।
हमलामा संलग्न तीन जना संदिग्ध पुरुष हमलाकारीलाई गोली हानी मारिएको प्रहरीले बताएको छ ।
लण्डन ब्रिज, बरो मार्केट तथा भक्सल क्षेत्रमा भएका घटनापछि एक विज्ञप्ती जारी गर्दै ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले ती घटनालाई सम्भावित आतंकवादी घटना मान्दै छानविन भइरहेको बताएकी छन्।
मेट्रोपोलिटन प्रहरीले लण्डन ब्रिज तथा बरो मार्केट क्षेत्रको घटनालाई आतंकवादी भनेको छ भने भक्सलको घटना लण्डन ब्रिज तथा बरो मार्केट घटनासंग नजोडिएको जनाएको छ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
घटनाको बिश्वब्यापी रुपमा निन्दा भएको छ। विपक्षी दलका नेता जेरेमी कोर्बिनले घटनालाई निर्दयी भनेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घडीमा अमेरिका ब्रिटेन तथा लण्डनको साथमा रहेको भन्दै ट्वीट गरेका छन्।
स्मरण रहोस दुइ साता अघि मात्रै म्यानचेष्टर शहरमा एक पप कन्सर्टका बेला भएको आत्मघाती विष्फोटमा २२ जना मारिएको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।