बल्ल पायो मन्त्रिपरिषद्ले पूर्णता, कसले पाए कुन मन्त्रालय? (सूचीसहित)


प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ । तस्बिर : प्रदिपराज वन्त, रासस

अपडेट–नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ। यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त २ राज्यमन्त्रीहरुलाई पनि सपथ गराएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८ औं दिनमा मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिपरिषदमा सहभागी मन्त्रीहरुको शुक्रबार साँझ नै सपथ हुँदैछ।

राष्ट्रपति कार्यालयले जनाएअनुसार कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा र उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। कार्की यसअघि कानुनमन्त्री थिए। कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह र नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन्।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका छन्। यसअघि प्रमोद साह मन्त्री बन्ने बताइए पनि अन्तिम समयमा आएर उनको नाम काटिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउँदै । तस्बिर : प्रदिपराज वन्त, रासस

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट रामकुमार झाँक्री सहरी विकास बनेकी छन्।  उनी स्वास्थ्यमन्त्री बन्ने चर्चा भए पनि सहरी विकासके जिम्मेवारी दिइएको हो। यस्तै, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बनेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाएका छन्। स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन्।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री बनाइएको छ।

यस्तै, नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल छन्।

यस्तै, गैरसांसद गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनलाई कांग्रेसकाे काेटाबाट मन्त्री बनाइए पनि  प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको कोटाबाट मन्त्री बनेको चर्चा छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com