घरको छतबाट खसेर बालकको मृत्यु


प्रकाशित मिति : जेष्ठ २०, २०७४ शनिबार

दाङ, २० जेठ । घरको छतबाट खसेर बालकको मृत्यु भएको छ । छतमा खेलिरहेको अवस्थामा खस्दा राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत डा जीतनारायण यादवका आठ वर्षीय छोरा आदित्य यादवको मृत्यु भएको हो ।

राप्ती उपक्षेत्रीय अस्पतालको क्वाटरमा बस्दै आउनुभएका आदित्य भवनको छतमा खेल्ने क्रममा हिजो बेलुका खसेको बताइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जनार्दन पन्थीले भवनको छतमा खेल्दै गरेका बालक एकाएक छतबाट खसेका बताउनुभयो । उनको उपचारकै क्रममा मृत्यु भएको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com