चेपाङ बालबालिकालाई सहयोग


प्रकाशित मिति : जेष्ठ २०, २०७४ शनिबार

चितवनको रत्ननगरमा बसोबास गरिरहेका चेपाङ बालबालिकालाई लायन्स क्लब अफ काठमाडाँै मनहराले आज लत्ताकपडासहित आर्थिक सहयोग प्रदान गरेको छ ।

शिक्षा आर्जनका लागि सहयोग पु¥याउने उद्देश्य रु ५० हजार नगदसहित एक सयभन्दा बढी चेपाङ बालबालिकालाई पुग्ने लत्ताकपडा सहयोग गरिएको क्लबका अध्यक्ष प्रमोद फुयाँलले जानकारी दिनुभयो ।

क्लबले गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा सो रकम तथा लत्ताकपडा हस्तान्तरण गरिएको हो । सो केन्द्रमा जिल्लाका विभिन्न विकट ठाउँमा पढ्न नपाएर बसेका एक सयभन्दा बढी चेपाङ बालबालिका आवासीय रुपमा बस्दै आएका छन् ।

उनीहरु अहिले नजिकै रहेको पञ्चतेज ज्योति आधारभूत शिक्षालयमा पढ्दै आएका छन् । उक्त स्कुलमा अङ्ग्रेजी शिक्षाको पठनपाठनसमेत यो वर्षबाट औपचारिक रुपमा थालनी गरेकाले सहयोगस्वरुप प्राप्त उक्त रकमबाट ती बालबालिकाको अङ्ग्रेजी शिक्षामा खर्च गरिने शिक्षालयका प्रधानाध्यापक रामबहादुर मगरले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि पनि लायन्स क्लब अफ काठमाडाँै मनहराले चेपाङ बालबालिकालाई पटक÷पटक सहयोग गर्दै आएका छन् । रासस (तस्बिर उपलब्ध छ)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com