विषाक्त खानाले आमाछोराको मृत्यु


प्रकाशित मिति : जेष्ठ २०, २०७४ शनिबार

मङ्गला–५ छिस्वाङमा माइत आएका एक महिला र उनका छोराको विषाक्त खानाका कारण ज्यान गएको छ ।

शुक्रबार बिहान ढिंडोसँग आलु र भन्टाको तरकारी खाएका उनीहरु त्यसलगत्तै बेहोस भएका थिए । स्थानीयवासीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि चारै जनालाई बेनी अस्पताल ल्याइएको थियो ।

बेनी अस्पतालमा उपचारका क्रममा रघुगङ्गा–८ पात्लेखर्ककी २० वर्षीया चिना गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिनुभयो । चिनाका श्रीमान् प्रेम गुरुङ (पबहादुर), १४ महिनाका छोरा र आमा झपीकला प्रज्ञाको अवस्था गम्भीर भएपछि बेनी अस्पतालले थप उपचारका लागि पोखरा सिफारिस गरेको थियो । गुरुङको १४ महिनाको छोराको शुक्रबार राति उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ज्यान गएको प्रनि घिमिरेले जानकारी दिनुभयो ।

“दुई जना सासू–ज्वाइँको अवस्था गम्भीर छ, दुवै जनाको उपचार जारी छ” प्रनि घिमिरेले भन्नुभयो । दुई वर्षअघि विवाह गरेका उनीहरु केही दिनअघि ससुराली आएका थिए । प्रहरीले उनीहरुले प्रयोग गरेको पिठो र तरकारी केन्द्रीय प्रयोगशालामा पठाएको जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com