कोरोनाको संक्रमणबाट बनेको प्राकृतिक एन्टीबडी कोरोनाबिरुद्ध संरक्षणका लागि प्रयाप्त हुन्छ ?


प्रकाशित मिति : आश्विन १२, २०७८ मंगलबार

कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने विश्वब्यापी अभियान चलिरहेको सन्दर्भमा कतिपयले भने आफूलाई पहिले नै कोरोना संक्रमण भइसकेको र प्राकृतिक एन्टीबडीका कारण अर्कोपटक संक्रमण नहुने भन्दै भ्याक्सिन लगाउन अस्वीकार गरिरहेका छन् । तर स्वास्थ्यविदहरुले भने यो कुरा सत्य नभएको बताउदै आएका छन् ।

प्राकृतिक रुपमा संक्रमण भएर बनेको एन्टीबडीले कोरोनाबिरुद्ध केहीरुपमा भने संरक्षण प्रदान गर्दछ । तर कोरोनाबिरुद्धको भ्याक्सिनले जति कुनै पनि कुराले कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न नसक्ने अध्ययनहरुबाट पुष्टी भएको छ । एकपटक संक्रमण भएर निकोभएका व्यक्तिले पनि अर्कोपटक संक्रमणको जोखिम कम गर्न भ्याक्सिन लगाउनुपर्ने स्वास्थ्यविदहरुको भनाई छ ।

भारतमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाइदै

भ्याक्सिन लगाएको खण्डमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस फैलिन रोकिनुको साथै नयाँ भेरियन्टहरुको विकाश हुनमा समेत रोक्न लाग्ने विज्ञहरु बताउँछन् । युनिभर्सिटी अफ फ्लोरिया हेल्थमा महामारी विशेषज्ञ डाक्टर निकोल आयोविनका अनुशार प्राकृतिक रुपमा संक्रमणबाट विभिन्न प्रकारको एन्टीबडी बन्ने र भाइरसको हरेक भागका लागि प्रतिरोधका लागि एन्टीबडी बन्ने भएकाले सानो भागलेमात्र संक्रमण हुनबाट संरक्षण प्रदान गर्छ । तर भ्याक्सिन भने भाइरसको स्पाइक प्रोटिनमा लक्ष्यित भएकाले कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न प्रभावकारी हुने उनको भनाई छ ।

सीडीसीले सार्वजनिक गरेको एउटा तथ्यांकमा पनि विगतमा कोरोना संक्रमण भएर निको भएका तर भ्याक्सिन नलगाएकाहरु भ्याक्सिन लगाएकाहरुका तुलनामा पुन संक्रमित हुने जोखिम दोब्बर रहेको देखाएको थियो । उक्त अध्ययन अमेरिकाको केन्टकी निवासी सयौं व्यक्तिमा गरिएको थियो । त्यसैले विगतमा कोरोना संक्रमण भएर निको भएकाहरुलाई पनि अनिवार्यरुपमा भ्याक्सिन लगाउन सीडीसी निर्देशन रोशेल वालेन्स्कीले सुझाव दिएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकपटक संक्रमण भएर निको भएका व्यक्ति अर्को पटक संक्रमित हुँदा अधिकांशमा लक्षण समेत नदेखिने भएकाले उनीहरुले कोरोना भाइरस फैलाउने जोखिम समेत अझ बढी रहेको न्युयोर्कको नर्थवेल अस्पतालका डाक्टर माइकल ग्रोसो बताउँछिन् । उनीहरुमा आंशिकमात्र इम्युनिटीको विकाश भएकाले र लक्षण विनाको संक्रमण हुनसक्ने भएकाले उनीहरुको आसपासमा रहनेहरु जोखिममा रहने बताइएको छ ।

कोरोना संक्रमणपछि एमआरएनए भ्याक्सिन लगाएकाहरुमा ‘सुपरह्युमन इम्युनिटी’

एकातिर कोरोना संक्रमणपछि निको भएर भ्याक्सिन नलगाएकाहरु आफू संक्रमित हुने र अरुलाई सार्ने जोखिममा रहेका हुन्छन भने अर्कोतिर कोरोना संक्रमणपछि निको भएर एमआरएनए भ्याक्सिन लगाएकाहरुमा ‘सुपरह्युमन इम्युनिटी’ देखिएको विभिन्न अध्ययनहरुबाट पुष्टी भएको छ । अमेरिकामा स्वीकृत मोडेर्ना र फाइजर भ्याक्सिन एमआरएनए विधिबाट बनाइएका भ्याक्सिनहरु हुन् । ‘सुपरह्युमन इम्युनिटी’ विकाश भएकाहरुमा जीवनभर नै कोरोनाबिरुद्धको संरक्षण प्रदान हुने कतिपय वैज्ञानिकहरुको विश्वास रहेको छ ।

कतिपयले यो प्रतिरोधात्मक क्षमतालाई ‘बुलेटप्रुफ’ भनेका छन् भने इम्युनोलोजिष्ट शेन क्रोटी यसलाई ‘हाइब्रिड इम्युनिटी’ बताउँछन् । समग्रमा ‘हाइब्रिड इम्युनिटी’ कोरोनाबिरुद्ध अत्यन्तै शक्तिशाली र प्रभावकारी रहेको उनको भनाई छ ।

विगत केही महिनादेखिका श्रृंखलाबद्ध अध्ययनहरुले केही व्यक्तिहरुमा कोरोनाबिरुद्ध असाधारण प्रकृतिको प्रतिरोधात्मक क्षमता विकाश भएको देखिएको छ । उनीहरुको शरीरले उच्च स्तरकोमात्र नभएर उच्च लचकतासहितको एन्टीबडी विकाश गरेको पाइएको छ, जुन अहिलेका कोरोनाका भेरियन्टबिरुद्धमात्र होइन, भविश्यमा आउनसक्ने भेरियन्टबिरुद्ध पनि प्रभावकारी हुने देखिएको छ ।

एमआरएनए भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह । शाहले पनि कोरोना सक्रमणबाट निको भएपछि एमआरएनए भ्याक्सिन लगाएका हुन् ।

सन् २०२० मा कोरोना संक्रमण भएर त्यसपछि मोडेर्ना वा फाइजर जस्ता एमआरएएन भ्याक्सिन लगाएकाहरुमा यस्तो ‘सुपरह्युमन इम्युनिटी’ विकाश भएको अध्ययनले देखाएको छ । त्यस्ता व्यक्तिको रगतले २० बर्ष अगाडि देखिएको कोरोना भाइरसको प्रकार सार्स कोभ १ बिरुद्ध पनि काम गरेको पाइएको छ, जुन अहिलेको सार्स कोभ २ भन्दा बिल्कुलै फरक रहेको छ ।

उनीहरुमा देखिएको एन्टीबडीले कुनै उद्देश्यका साथ बनाइएका मानवनिर्मित भाइरसबिरुद्ध समेत काम गर्ने वैज्ञानिकहरुको भनाई छ । विगतमा संक्रमण नभएका तर भ्याक्सिनमात्र लगाएर एन्टीबडी विकाश भएका वा विगतमा संक्रमण भएर प्राकृतिक रुपमा एन्टीबडी बनेका तर भ्याक्सिन नलगाएकाहरुले सामना गर्न नसक्ने भाइरसका उत्परिवर्तनहरुबिरुद्ध विगतमा कोभिड भएका र पछि एमआरएनए भ्यक्सिन लगाएकाहरुको एन्टीबडीले सामना गर्नसक्ने वैज्ञानिकको भनाई छ ।

विगतमा संक्रमण भएका र एमआरएनए भ्याक्सिन लगाएका सबैमा उक्त स्तरको एन्टीबडी विकाश हुने नहुनेमा वैज्ञानिकहरु निश्चित छैनन् । किनभने वैज्ञानिकहरुले केही व्यक्तिका नमुनाहरुमात्र लिएर परीक्षण गरेका हुन् । तर जतिजनाको नमुना परीक्षण गरिएको थियो, सबैमा ‘सुपरह्युमन इम्युनिटी’ पाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com