बुस्टर डोजबारे एफडीएको निर्णय सीडीसीबाट आंशिक स्वीकृत, ६५ बर्षमाथिकालाई दिइने


प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार

बिहिबारको अमेरिकन सीडीसीका लागि भ्याक्सिन सल्लाहकारहरुको लामो र कडा तर्क र बहसपछि शुक्रबार विहानै सीडीसीले ६५ बर्षभन्दा माथिकालाई र उच्च जोखिममा रहेकाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो बुस्टर डोज दिने एफडीएको निर्णयलाई नै सदर गरेको छ । ६५ बर्षभन्दा माथिका, दीर्घकालिन हेरचाह केन्द्रमा रहनेहरु र स्वास्थ्य समस्या भएका निश्चित व्यक्तिहरुका लागि बुस्टर डोज स्वीकृत गरेपनि सीडीसीका सल्लाहकारहरु जोखिमयुक्त स्थानमा काम गर्नेहरुलाई पनि बुस्टर डोज दिने एफडीएको निर्णयबिरुद्ध मतदान गरेका छन् ।

एफडीएले ६५ बर्षभन्दा माथिका व्यक्तिका अतिरिक्त १८देखि ६४ बर्षकाहरुका सन्दर्भमा कोभिड १९ बाट सिकिस्त हुने उच्च जोखिममा रहेकाहरु मात्र नभई उच्च जोखिमयुक्त स्थानमा काम गर्ने स्वास्थ्यकर्मी लगायतका लागि बुस्टर डोज स्वीकृत गरेको थियो । तर सीडीसीले उच्च जोखिमयुक्त स्थानमा काम गर्नेलाई समेत बुस्टर डोज दिने एफडीए निर्णयको एउटा अंशलाई अस्वीकृत गरेको छ ।

सीडीसीका सल्लाहकारहरुले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनको बुस्टर डोज ६५ बर्ष वा त्योभन्दा माथिका र दीर्घकालिन हेरचाह केन्द्रहरुमा बस्नेहरुलाई भ्याक्सिनको पूर्ण डोज लगाएको ६ महिना नाघेपछि बुस्टर डोज दिनसकिने विषय एकमतले पारित गरेका छन् । त्यस्तै ५० बर्ष वा त्योभन्दा माथिका उच्च जोखिममा रहेका क्यान्सर, स्ट्रोक, मृगौला रोग, मधुमेह, मुटुरोग लगायतबाट पीडितहरुका लागि पनि बुस्टर डोज सहजै स्वीकृत गरिएको छ । तर ५० बर्षभन्दा कम उमेरका उक्त समुहमा पर्नेलाई बुस्टर डोज आवश्यक भए नभएकोबारे मत विभाजन भएको थियो । तर १८ देखि ४९ बर्षसम्मका उक्त समुहका व्यक्तिका लागि पनि पक्षमा ९ र विपक्षमा ६ मतले बुस्टर डोज स्वीकृत गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१८ बर्षभन्दा माथिका प्राय सबैलाई बुस्टर डोज दिने ह्वाइटहाउसको योजना रहेपनि एफडीए र सीडीसीका सल्लाहकारहरुमा आएको मत विभाजनका कारण सबैलाई बुस्टर डोज नदिइने भएको छ । बाइडेन प्रशासनले यसैसातादेखि अमेरिकाका बुस्टर डोज सुरु गर्ने योजना बनाएको थियो । तर त्यसमा एफडीएले निर्णय लिनमा ढिलाई गरेका कारण उक्त योजना पनि पछि सरेको थियो । सीडीसीले बुस्टर डोजबारे निर्णय लिइसकेकाले अब स्वीकृत समुहका लागि अमेरिकी सरकारले बुस्टर डोज दिन सुरु गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकामा अहिलेसम्म २२ करोड डोजभन्दा बढी फाइजर भ्याक्सिन लगाइसकिएको छ । यो भ्याक्सिन पूर्णरुपमा लगाउनेहरु अमेरिकामा सबैभन्दा धेरै झण्डै १० करोड रहेका छन् । मोडेर्ना भ्याक्सिन पूर्णरुपमा लगाउनेहरु अमेरिकामा सबैभन्दा झण्डै पौने ७ करोड रहेका छन् । जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउनेहरु झण्डै डेढ करोड छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com