व्यापार मेलामा अमेरिका लैजाने भन्दै करोडौं ठग्ने पक्राउ


प्रकाशित मिति : जेष्ठ १९, २०७४ शुक्रबार

अमेरिका पठाइदिने भन्दै युवा युवतीसँग करोडौं रुपैयाँ असुलेर फरार भएकी तुलसा रिमाललाई प्रहरीले पक्राउ गरेको छ । समाचार अनलाइनखबरले प्रकाशित गरेको छ ।

जिल्ला अदालत नुवाकोटले ठगी प्रमाणित गरी सजाय तोकेपछि लुकी लुकी हिडिरहेको अवस्थामा रिमाललाई बालाजु प्रहरीले विहिवार साँझ माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई शुक्रबारै नुवाकोट जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी नायव उपरीक्षक शन्तोष तामाङले बताए । रिमाललाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

अमेरिका लैजाने भनेर लाखौं रुपैया लिएको तर, काम नगरी आफूहरु ठगिएको भन्दै काभ्रे भुम्लु सल्लेकी माया लामा र लम्जुङकी बिष्णु गुरुङले २ वर्षअघि अनलाइनखबरसमक्ष गुनासो गरेका थिए । अनलाइनखबरले माया र बिष्णु ठगिएको प्रकरण प्रमाणसहित बाहिर ल्याएपछि प्रहरीले तुलसा रिमाल, उनका पति ओमप्रकाश रिमाल र बुहारी सुशीला तिमल्सिनाको खोजी गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माया र बिष्णु जस्ता धेरैलाई ठगिसकेका रिमाल परिवार फरार भएपछि प्रहरीले नुवाकोट जिल्ला अदालतमा उनीहरु विरुद्ध ठगी मुद्धा दायर गरेको थियो । नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकेन्द्र शाहको इजलासले सुशीला तिमल्सिनालाई २ वर्ष कैद र ८ लाख बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

त्यस्तै तुलसा रिमाललाई ३ वर्ष कैद र ११ लाख ७७ हजार र ओमप्रकाश रिमाललाई ३ वर्ष कैद र स११ लाख ७७ हजार बिगो सजाय तोकेको थियो । उनीहरु मध्ये सुशीलालाई गत चैत २४ गते प्रहरीले पक्राउ गरी नुवाकोट जिल्ला अदालतमा पेश गरेको थियो । उनी अहिले पुर्पक्षका सिलसिलामा नुवाकोट जिल्ला कारागारमा छिन् ।

अमेरिकामा व्यापार मेलामा लैजाने भन्दै प्रतिव्यक्ति २० लाख सम्म असुलेर उनीहरुले ४० जना भन्दा बढिलाई ठगेको अभियोग लागेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com