‘अपुरो छाडिएका सडक विस्तारलाई चाँडो पूरा गरिन्छ’


प्रकाशित मिति : जेष्ठ १९, २०७४ शुक्रबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र सडक विस्तारका क्रममा अपुरो छाडिएका कार्यलाई चाँडो पूरा गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आफू तथा कामपा उपप्रमुखलाई आज आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले महानगरलाई हरियाली बनाउने उद्देश्यले फोहर व्यवस्थापन तथा वृक्षारोपणलगायत कार्य सुरु गरिएको जानकारी दिनुभयो ।

कामपा उपप्रमुख हरिप्रभा खड्गीले पहिलो बैठकले नगरभित्रका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाअन्तर्गत सुविधा बढाएको जानकारी गराउँदै महिला सशक्तीकरण तथा युवा उद्यमशीलताका कार्यलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ‘सहर सफा गराँै’ भन्ने अभियानलाई ३२ वटै वडामा विस्तार गरिने जानकारी पनि दिनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com