जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु


प्रकाशित मिति : जेष्ठ १९, २०७४ शुक्रबार

जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा गएराति एकजनाको मृत्यु भएको छ ।

हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ ।

बिहान ३ बजेतिर जङ्गलमा च्याउ खोज्न गएका मेचेलाई हात्तीले कुल्चिएर मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मेचेको शव जङ्गलमा घाँस, दाउरा गर्न जानेक्रममा आज बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com