न्युयोर्कको म्यानहटन अपार्टमेन्टमा आगो लगाएपछि छतबाट हामफाले १८ बर्षका टीएनएजर


प्रकाशित मिति : आश्विन ३, २०७८ आईतबार

न्युयोर्कको म्यानहटनमा रहेको आफू बस्दै आएको अपार्टमेन्टमा आगो लगाएपछि १८ बर्षका टीएनएजर जामेल मार्टिनेजले छतबाट हामफालेका छन् । शनिबार साँझ छतबाट हामफालेका उनको घटनास्थलमा नै मृत्यु भएको छ ।

मानसिक रोगबाट पीडित उनले न्युयोर्क सिटी हाउजिङ अथोरिटीको इस्ट १०५ स्ट्रीटमा रहेको इस्ट रिभर हाउस अपार्टमेन्टको १० औं तलामा रहेको अपार्टमेन्टमा आगो लगाएका थिए । साँझ पौने ५ बजेतिर आगो लगाउने बित्तिकै उनी छतबाट हामफालेको जनाइएको छ । न्युयोर्क फायर डिपार्टमेन्टका अग्नीरक्षकहरुले आगो नियन्त्रणमा लिएका थिए ।

डिप्रेशनको शिकार भएका ती टीनएजर झण्डै १ महिना अगाडि बेलभ्यु अस्पतालबाट डिस्चार्ज भएका थिए । आफूले अस्पताललाई डिस्चार्ज नगर्न अनुरोध गरेपनि अस्पतालले डिस्चार्ज गरेको र घरमा आइसकेपछि पनि उनी मानसिक समस्यासँग जुधिरहेको उनका बाबु जेम्स ह्वाइटले बताएका छन् ।

फाइल फोटो

हाइस्कुलबाट ग्रयाजुएट हुनेमा पढाइको दवावका कारण ती टीनएजर डिप्रेसनमा गएको जनाइएको छ । बेलभ्यु अस्पताललाई आफूले डिस्चार्ज नगरेर दिमाग ठीक ठाउँमा ल्याउनका लागि कार्यक्रमको अनुरोध गरेपनि नमानेको बाबु जेम्सले बताए । उनले भने अस्पतालले उसलाई डिस्चार्ज गर्नै नहुने थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती टीनएजर पहिलेपनि घरबाट भागेको र हराएको बच्चाका रुपमा समाचारमा आएको जनाइएको छ । उनलाई सहायताको आवश्यकता भएको र मान्छेहरुले मानसिक चीजलाई गम्भिरतापूर्वक नलिएको मृतकका बाबुको गुनासो छ ।

ती टीनएजर छतबाट हामफालेर एउटा गाडीमाथि ठोक्किएको एकजना १२ बर्षका बालकले देखेका थिए । गाडीमाथि ठोक्किएको आवाज आएको र घटना देखेर आफू दुखी भएको ती बालकले बताएका छन् ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com