सङ्घमा १८ मन्त्रालय र साझा ट्रेड युनियन हुनुपर्ने


प्रकाशित मिति : जेष्ठ १९, २०७४ शुक्रबार

अधिकार सम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले सङ्घमा १८ मन्त्रालय रहने प्रस्ताव गरेको छ ।

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरूले समेत सोही प्रस्ताव नै मान्य हुने तर्क गरेका छन् । संविधानमा सङ्घमा २५ मन्त्रालय रहने व्यवस्था गरिएको छ ।

बैठकमा सांसदहरूले सङ्घमा हुने मन्त्रालयमा प्रत्येक राजनीतिक दल निटक फरकफरक ट्रेड युनियन खोल्नेभन्दा पनि कर्मचारीको अधिकारका लागि एउटै मात्र साझा युनियन खोल्न सुझाव दिएका छन् ।

अठार मन्त्रालयभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, सहकारी र भूमि व्यवस्था मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, जलस्रोत तथा ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयको प्रस्ताव गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी मानव संशाधन, युवा, श्रम तथा रोजगार मन्त्रालय, भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्डयन मन्त्रालय, महिला, समावेशीकरण तथा सामाजिक न्याय मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, रक्षा मन्त्रालय, शिक्षा, खेलकुद तथा विज्ञान प्रविधि मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रस्ताव गरेको छ ।

सङ्घमा रहने मन्त्रालय तथा सोअन्तर्गत प्रदेश र स्थानीय तहमा रहने निकायसम्बन्धी सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनले भने सङ्घमा १६ मन्त्रालय हुने प्रस्ताव राखेको छ ।

सोही अवसरमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले सांसदहरूले बैठकमा आ–आफ्ना धारणा मात्र राख्नेभन्दा पनि पार्टीभित्र छलफल गरेर समग्र पार्टीको धारणा राख्न आग्रह गर्नुभयो ।

सांसद युवराज ज्ञवाली, भीम आचार्य, रामेश्वर फुयाँल, प्रेम सुवाल र ईश्वरी न्यौपानेलगायतले सङ्घमा १८ भन्दा बढी मन्त्रालय राख्न नहुनेमा जोड दिनुभयो ।

समितिका सभापति दिलबहादुर घर्तीले सबै क्षेत्रको सल्लाह र सुझावका आधारमा समिति अगाडि बढ्ने बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com