चितवन, १९ जेठ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आउँदो शैक्षिक सत्रबाट स्नातक तहमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यकाअनुसार पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपालमै पहिलो पटक क्यान्सर विषयसँग केन्द्रीत हुनेगरी नर्सिङ पढाइ हुनेछ । तीन वर्षे अध्ययनका क्रममा एकवर्ष क्यान्सर सम्बन्धी अध्ययन गराइने छ । यसका लागि विश्वविद्यालयमा पाठ्यक्रमसमेत बनिसकेको कार्यकारी निर्देशक आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो “अस्पताल सञ्चालक समितिले निर्णय गरेसँगै प्रक्रिया अन्तिम चरणमा पुग्नेछ ।” विगत केही वर्षयतादेखि क्यान्सर अस्पतालले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर नर्सिङमा स्नातक पढाइका लागि गृहकार्य गरिरहेको थियो ।
विद्यार्थीले क्यान्सर उपचार पद्दति सम्बन्धी ज्ञान पाउने भएकाले यहाँको क्यान्सर अस्पतालसँगै अन्य अस्पतालका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न सकिने कार्यकारी निर्देशक आचार्यले बताउनुभयो । सुरुको समयमा ३० जना विद्यार्थीबाट पढाइ सञ्चालन गर्ने तयारी गरिएको छ ।
खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏
अस्पतालका शैक्षिक कार्यक्रम विभाग प्रमुख डा शिवजी पौडेलले यसबाट उत्पादित जनशक्ति नेपालका लागि अत्यावश्यक देखिएकोले यो विषयको पढाइ सुरु गर्न लागिएको हो भन्दै एमडी र एमएस गरिसकेका चिकित्सकलागि अङकोलोजीमा ‘फेलोसिप’ कार्यक्रम पनि सञ्चालन गर्ने तयारीमा अस्पताल जुटेको बताउनुभयो ।
उपचारका लागि निकै जटिल र खर्चिलो रोगको रुपमा क्यान्सरलाई लिने गरिन्छ । पछिल्लो समय मानिसको खानपान, वातावरण प्रदूषणलगायतका कारण क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
एसियाकै नमुना अस्पतालको रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापना भएको यो क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने उद्देश्यका साथ स्नातक तहमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ कार्यक्रम अगाडि बढाउन लागिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष डा प्रकाश न्यौपानेले बताउनुभयो । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।