फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने


प्रकाशित मिति : जेष्ठ १८, २०७४ बिहीबार

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले नदी प्रणालीमा प्रवाह भइरहेको फोहर पानीलाई प्रशोधन गर्न तीनवटा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा फोहर पानी प्रशोधन केन्द्रको पुुनःस्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत निर्देशनालयले उक्त प्रशोधन केन्द्रको निर्माण गर्न लागेको हो ।

पहिलो चरणमा निर्देशनालयले दुई प्याकेजमा काम गरिरहेको छ । पहिलो प्याकेजमा गुह्येश्वरीको विद्यमान प्रशोधन केन्द्रको सुधार र क्षमता वृद्धि तथा दोस्रो प्याकेजमा सल्लाघारी, कोड्कु तथा धोबीघाटमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण गरिने छ ।

नयाँ स्थापना हुन लागेका फोहर पानी प्रशोधन केन्द्रमध्ये सल्लाघारी प्रशोधन केन्द्रबाट दैनिक एक करोड ४२ लाख लिटर, कोड्कुमा स्थापना हुने प्रशोधन केन्द्रबाट दैनिक एक करोड ७५ लाख लिटर र धोबीघाटमा निर्माण हुने प्रशोधन केन्द्रमा दैनिक तीन करोड ७० लाख लिटर फोहर पानी प्रशोधन हुनेछ । ती प्रशोधन केन्द्रमध्ये धोबीघाटमा निर्माण हुने केन्द्र सबैभन्दा ठूूलो हो । गुुह्येश्वरीमा रहेको प्रशोधन केन्द्रबाट दैनिक तीन करोड ४० लाख लिटर पानी प्रशोधन गरिने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुुह्येश्वरीको प्रशोधन केन्द्र सुधार र नयाँ एकाइ थप गर्ने कामको जिम्मा भारतीय निर्माण कम्पनीलाई दिइएको छ । गत वर्षदेखि गुह्येश्वरीको केन्द्र सुधारको काम सुरु भएको थियो ।

नयाँ तीनवटा प्रशोधन केन्द्र निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सङ्घाई साफबोन वाटर सर्भिस कम्पनी लिमिटेडले प्राप्त गरेको छ । यी प्रशोधन केन्द्र निर्माणसम्बन्धी सम्झौता पत्रमा २०७३ माघ ४ गते नै आयोजना र निर्माण पक्षबीच हस्ताक्षर भएको थियो ।

यी तीनवटै प्रशोधन केन्द्रको निर्माण आगामी ३० महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था सम्झौता पत्रमा उल्लेख गरिएको छ । प्रशोधन केन्द्रको निर्माणपछि उपत्यकाका नदीमा मिसाउने गरिएको फोहर पानी प्रशोधनपछिमात्रै नदीमा बगाइनेछ । यसले उपत्यकाको नदी प्रणालीमा प्रदूषणको मात्रामा कमी आउने आशा निर्देशनालयले लिएको छ । तीनवटै प्रशोधन केन्द्रको निर्माण लागत रु छ अर्ब रहेको जनाएको छ ।

फोहर पानी प्रशोधनका क्षेत्रमा भइरहेका पछिल्ला अनुसन्धान र प्रयोगका बारेमा छलफल गर्ने एवम् उपत्यकामा निर्माण हुन लागेका प्रशोधन केन्द्रको डिजाइनलाई पुुनरावलोकन गरी आर्थिक रुपले मितव्ययीे प्रणाली अवलम्बन गर्ने उद्देश्यसहित राजधानीमा आजदेखि तीनदिने कार्यशाला सुरु भएको छ । कार्यशालाको खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री शाहीले कार्यशाला औपचारिकतामा मात्र सीमित नभई उपत्यकाका नदी सफा बनाउने अभियानमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

“कार्यशाला गोष्ठी गरेर डिजाइन पुनरावलोकन गरी निर्माण हुने फोहर पानी प्रशोधन केन्द्रले ल्याउने परिणामलाई म जहाँ भए पनि नजिकबाट हेर्नेछु, ऋण सहयोग लिएर भइरहेको काम गुणस्तरीय हुनुपर्छ” – उहाँले भन्नुभयो ।

कार्यशालामा निर्देशनालयका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, स्रोत व्यक्तिद्वय राजेन्द्रप्रसाद भट्टराई र केशव शर्माले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि आज र भोलि छलफल गरी डिजाइनलाई पुनरावलोकन गरिने निर्देशनालयले जनाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com