कोदारी राजमार्ग शीघ्र सञ्चालन हुनेमा मन्त्री थकाली आशावादी


प्रकाशित मिति : जेष्ठ १८, २०७४ बिहीबार

वाणिज्यमन्त्री रोमी गौचन थकालीले २०७२ सालको भूकम्पपछि बन्द रहेको कोदारी राजमार्ग शीघ्र सञ्चालन हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले छिमेकी चीनसँगको तातोपानी नाका पुनः सञ्चालन गर्न चीन अत्यन्त सकारात्मक रहेको जानकारी दिँदै त्यस सम्बन्धमा शीघ्र निष्कर्षमा पुगिने बताउनुभयो ।

त्यहाँ निर्माणाधीन सुक्खा बन्दरगाहको अवरुद्ध काम द्रुत गतिमा भइरहेको र भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट फेरि उक्त बन्दरगाहमा क्षति नपुगोस् भन्ने हेतुले प्रतीरक्षात्मक पर्खाल निर्माण भइरहेको जानकारी उहाँले दिनुभयो ।

“रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माणका लागि जग्गाको मुआब्जा वितरण पूरा भई बन्दरगाहको विस्तृत प्रारुप बनाउन थालिएको छ,” नेपाल–चीन व्यापार वृद्धि तथा त्यससँग सम्बन्धित कामलाई मन्त्रालयले उच्च प्राथमिकताका साथ अघि बढाएको जानकारी दिँदै मन्त्री थकालीले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रसुवागढी बन्ने उक्त बन्दरगाहसम्बन्धी सहमतिपत्र परराष्ट्र मन्त्रालय पठाइसकिएको र उक्त मन्त्रालयले चीनसँग थप छलफल गरी चाँडो टुङ्गो लगाउने उहाँले बताउनुभयो ।

व्यापार सहजीकरण तथा व्यापार पूर्वाधार निर्माण, सूचना प्रणालीमा आधारित व्यापार प्रणालीको विकास, वस्तु विकास तथा निर्यात प्रवद्र्धन, अनुसन्धान एवम् विकास, द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय व्यापार प्रवद्र्धनलगायत झन्डै १० महिनाको अवधिमा मन्त्रालयले सम्पादन गरेका कामबारे जानकारी दिँदै मन्त्री थकालीले सरकारी संरचना र संयन्त्रलाई आधुनिकीकरण गर्दै अघि बढेमा राष्ट्र निर्माणको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

“क्षमता र अनुभवका आधारमा हाम्रो कर्मचारीतन्त्र र संयन्त्र अब्बल छ, प्रविधिमा पनि उनीहरुलाई पोख्त तुल्याउँदै युनियनको राजनीतिबाट मुक्त राख्न सके सहज सेवा प्रवाहमा कुनै समस्या हुँदैन,” देश र जनताप्रति समर्पित भएर सम्बद्ध सबैले इमानदारीपूर्वक आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो ।

हालसम्म चार लाख ५३ हजार २७५ वटा व्यावसायिक फर्म अनलाइन प्रणालीमा आइसकेका, निजी क्षेत्रसँगको लागत साझेदारीमा सुर्खेत, लमजुङ, दोलखालगायत आठ जिल्लामा अदुवाको उत्पादकत्व र गुणस्तर सुधारका लागि उन्नत बीउ र प्राविधिक सहायता उपलब्ध गराउनका साथै पाँच जिल्लामा अलैँचीको गुणस्तर सुधार गरी अन्तर्राष्ट्रियस्तरको गुणस्तर कायम गर्न ७० स्थानमा अलैँची सुकाउने ‘ड्रायर’ किसानलाई वितरण गरिसकिएको, राजधानीको चोभारमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउन सर्भे तथा डिजाइन र गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको, पश्चिम नेपालको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि स्थान यकिन गर्न नेपाल र भारतबीच संयुक्त संयन्त्र गठन भएको जानकारी पनि उहाँले दिनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com