लुक्लामा विमान दुर्घटना हुँदा बिदामा थिएँ – लुक्ला प्राधिकरण प्रमुख


प्रकाशित मिति : जेष्ठ १८, २०७४ बिहीबार

सोलुखुम्बु, १८ जेठ । नागरिक उड्डयन प्राधिकरण लुक्ला विमानस्थलका प्रमुख योगिन्द्रनाथ कुँवरले गोमा एयरको विमान दुर्घटना हुँदाका बखत आफू बिदामा रहेको बताउनुभएको छ ।

स्वास्थ्य समस्याका कारण आफूले १५ दिनको बिदा लिएको र बिदा दुई दिन बाँकी छँदा दुर्घटना भएको उहाँको भनाइ छ । दुर्घटना भएको भोलिपल्ट आफू लुक्ला पुगी त्यहाँको विमानस्थल प्रशासन सम्हालेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार विमान अवतरणका समयमा मौसम राम्रो रहेको अभिलेखबाट देखिन्छ ।

गोमा एयर दुर्घटनाका क्रममा छानबिनका लागि केन्द्रीय कार्यालय झिकाइएका कुँवर आज काठमाडौँ पुग्नुभएको छ । अहिले लुक्ला विमानस्थलको प्रमुखमा बच्चुनारायण श्रेष्ठलाई काजमा पठाइएको बुझिएको छ ।

बिदा रेकर्ड नदेखिएको सन्दर्भमा कुँवरले आफूले १५ दिनका लागि बिदा मागेकामा सात दिनको बिदा रेकर्डसहित र बाँकी मौखिक स्वीकृति लिइएको दाबी गर्नुभयो । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com