सरकारले मुस्लिमको महान् पर्व रमजानलाई मध्यनजर गर्दै स्थानीय तहको दोस्रो निर्वाचनको मिति सारेकोमा महोत्तरीका मुसलमान समुदाय निक्कै खुसी भएका छन् ।
एक महिनासम्म दिनभरि भोकै बसेर मुस्लिमले मनाउने रमजान पर्वको बीचमा निर्वाचन भएमा मुस्लिम समुदाय सहभागी नहुने तथा भएपनि उत्साहजनक उपस्थिति नहुने भन्दै विभिन्न जिल्लाका मुस्लिम समुदायले सरकारलाई पटक पटक आग्रह गरेपछि सरकारले मुस्लिमको पर्वलाई मध्यनजर गर्दै निर्वाचनको मिति सारेपछि महोत्तरीको मुस्लिम समुदाय सरकारलाई धन्यवाद दिँदै खुसी भएका छन् ।
आगामी असार १३ गतेका दिन मुस्लिमको रमजान पर्व सकिने र १४ गते उनीहरु उत्साहका साथ स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने भन्दै सरकारले निर्वाचनको मिति सारेकामा उनीहरु निक्कै खुसी भएको जलेश्वर–१२ का मुस्लिम अगुवा जीवछ मोमिनले बताउनुभयो ।
करीब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनको बेला मुस्लिमको महान् पर्व रमजान परेपछि अधिकांश मुसलमान मतदाता मतदानबाट वञ्चित हुने तथा पर्वसमेत खल्लो हुने र दिनभरि भोकभोकै लाइनमा बसेर मतदान गर्न नसकिने चौतर्फी कुरा आएपछि सरकारले निर्वाचनको मिति सारेपछि आउँदो निर्वाचनमा मुस्लिम मतदाता अब उत्साहका साथ उल्लेख्य उपस्थितिमा मतदान गर्ने सिमदहीका मुस्लिम माओवादी नेता आविद हुसैनले बताउनुभयो ।
खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏
अहिले महोत्तरीको विभिन्न गाउँठाउँमा मुस्लिम मतदाता स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने भएको भन्दै खुसी मनाउन थालेका छन् भने कति त चुनाव लड्ने तयारीमा पनि जुटेका छन् ।
महोत्तरीका म्यादी प्रहरी पैसा असुल्दै
यसैबीच, महोत्तरी जिल्लामा दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि नेपाल सरकारले भर्ना गरेका म्यादी प्रहरीले भने पैसा असुल्न थालेको गुनासो सुनिन थालेको छ ।
नेपाल प्रहरीसरह नै जिल्लाका विभिन्न गाउँ, सहर र चोकचोकमा पालैपालो २४ घन्टे ड्युटीमा बसेका म्यादी प्रहरी ड्युटीमै पैसा असुल्न थालेको सर्वसाधारण जिल्लावासीको आरोप रहेको छ । महोत्तरीको सदरमुकाम जलेश्वरको दुर्गाचौक, शङ्करचौक, नगरपालिकाचौक, जिरोमाइललगायत चौकमा म्यादी प्रहरीले विभिन्न व्यापारी, व्यवसायी तथा सवारी चालकसँग पैसा असुल्न थालेको आरोप छ ।
त्यस्तै, जिल्लाका भिट्ठामोड, मटिहानी, नैन्ही, बथनाहा, कटैया, इटहर्वा, रघुनाथपुर, सम्सीलगायत सीमानाकामा समेत खट्न थालेका म्यादी प्रहरीले सीमापारिबाट आउने सर्वसाधारणदेखि साना, ठूला व्यापारी व्यवसायीसँग रकम असुल्न थालेको प्रत्यक्षदर्शी बताउँछन् ।
यसका अलावा राति पनि खट्ने गरेका म्यादी प्रहरीले चेकजाँचका नाममा चोकचोकमा अनावश्यकरुपमा सबै सवारीसाधनलाई रोक्ने, दुःख दिने र पैसा असुल्ने गरेको विभिन्न ठाउँबाट गुनासा आएका छन् ।
म्यादी प्रहरीले प्रेस, एम्बुलेन्स लगायतका सवारीसाधनलाई पनि अनावश्यकरुपमा रोक्ने र चेकजाँच गरेर हैरान पार्ने गरेको देखिएको छ । यसअघि, नेपाल प्रहरीले असुल्दै आएको पैसा अब म्यादी प्रहरीले असुल्न थालेको र नेपाल प्रहरी त्यहाँ उपस्थित रहँदा पनि उसले केही नभन्ने गरेकाले उनकै संलग्नता र आदेशमा म्यादी प्रहरीले पैसा असुल्ने गरेको सर्वसाधारणको आरोप रहेको छ ।
यसबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सोध्दा त्यहाँबाट म्यादी प्रहरीले त्यस्तो कुनै काम नगरेको जवाफ आएको छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।