विद्यालयमा आगजनीपछि विद्यार्थी रुदै घर फर्किए


प्रकाशित मिति : जेष्ठ १७, २०७४ बुधबार

आगलागीमा परी विद्यालय ध्वस्त भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति माविको पठनपाठन बन्द गरिएको छ ।

स्थानीयवासी सुतिसकेपछि अज्ञात समूहले सोमबार राति विद्यालयमा आगजनी गरेपछि अर्को विकल्प नभएसम्मका लागि पठनपाठन बन्द गरिएको छ ।

जिल्लाको नमुना मानिएको ज्योति माविमा अहिले २६१ विद्यार्थी अध्ययनरत छन् । अज्ञात समूहले विद्यालयमा आगजनी गरेपछि मङ्गलबार बिहान विद्यालय आएका विद्यार्थी रुदै घर फर्किएका प्रधानाध्यापक टीकाबहादुर श्रेष्ठले बताउनुभयो ।

अज्ञात समूहले गरेको आगजानीबाट विद्यालयको दुई कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित नौंवटा कोठा ध्वस्त बनेको छ । राति करिब १२ बजे सुरु भएको आगोले विद्यालयको प्रशासन कक्षमा राखिएको १० थान दराज, टेबल, कुर्सी, विद्यालयसँग सम्बन्धित कागजात, शैक्षिक सामग्रीलगायत जल्दा करिब रु साँढे दुई करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

२०४६ सालमा स्थापना भएको विद्यालयको आगलागीका कारण खुल्न सकेको छैन ।

विद्यालयको चारैतिरबाट एकैपटक आगो लाग्न सुरु भएका कारण नियोजितरुपमा कसैले आगो लगाइएको अभिभावकले दाबी गरेका छन् ।

जिल्लामा निजी विद्यालयमा मात्र अङ्ग्रेजी माध्यमबाट पठन–पाठन हुने समयमा ज्योति माविले २०६५ सालदेखि अङ्ग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेको थियो । सो विद्यायलले जिल्लामा नमुना विद्यालयका रुपमा पहिचान बनाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com