Follow @khasokhasmag

मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न काम सुरु


प्रकाशित मिति : जेष्ठ १७, २०७४ बुधबार

मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ ।

आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा अधिग्रहणको काम अघि बढाएको हो । हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचरणमा पुलदेखि दुई सय ४० मिटर सडक सर्वेक्षण गरिएको सो आयोजनाको इटहरीस्थित कार्यालय इन्जिनियर उपेन्द्र दासले जानकारी दिनुभयो । “३० मिटर चौडा सडक निर्माणका लागि २६ घरधुरीको जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ” उहाँले भन्नुभयो, “त्यसमध्ये चार वटा सरकारी जग्गा पनि परेको छ ।”

जिल्ला प्रशासन कार्यालयको निर्णयबमोजिम कालोपत्रे सडकले छोएको जग्गाका धनीलाई प्रतिधुर रु दुई लाख र सडकले नछोएको घरधनीलाई प्रतिधुर रु एक लाख ७५ हजारका दरले मुअब्जा दिइनेछ । जग्गा अधिग्रहण गर्दा सबै जग्गा बाटोमा पर्ने घरधनीलाई भने २० प्रतिशत थप गरी मुआब्जा उपलब्ध गराइने इन्जिनियर दासले बताउनुभयो ।

मुआब्जाका लागि सम्बन्धित घरधनीले भद्रपुर नगरपालिकामा निवेदन दिइसकेको र सोहीअनुसार रकम उपलब्ध गराइने भएको छ । अधिग्रहणका क्रममा परेको घरको मूल्याङ्कन दोस्रो चरणमा रकम उपलब्ध गराइने बताइएको छ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com