सन् २०२१ मा बस्नका लागि अमेरिकाका १० उत्कृष्ट राज्य


प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार

विभिन्न सुचकांकहरुलाई आधार मानेर गरिएको अध्ययनपछि सीनबीसीले सन् २०२१ मा अमेरिकामा बस्नका लागि उत्कृष्ट १० वटा राज्यहरुको सुची प्रकाशित गरेको छ । जनस्वास्थ्य प्रणाली, अपराधको दर, विद्यालयको स्तर, वातावरणको गुणस्तर लगायतका कैयन मापदण्डहरुलाई आधार बनाएर उत्कृष्ट राज्यहरुको सुची बनाइएको हो ।

सबैभन्दा उत्कृष्ट राज्यको सुचीमा पहिलो नम्बरमा भर्मोन्ट रहेको छ । जीवन, स्वास्थ्य र समावेशीकरणका मापदण्डमा ३७५ पूर्णाङकमा भर्मोन्टले ३१७ नम्बर प्राप्त गरेको छ । कोभिड भ्याक्सिन वितरण, कम अपराधको दर र जनस्वास्थ्यका सन्दर्भमा यो राज्य बलियो देखिएको छ ।

दोश्रो नम्बरमा हवाईले २८४ नम्बर प्राप्त गरेको छ । हावाको गुणस्तर, स्वास्थ्य र कोभिड भ्याक्सिन वितरणमा यो राज्य राम्रो देखिएको छ । तेश्रोमा नर्थ डाकोटा हावाको गुणस्तर, अस्पताल श्रोत र मताधिकारमा राम्रो छ भने चौथोमा मिनेसोटा स्वास्थ्य, हावाको गुणस्तर र समावेशीकरणमा सबल देखिएको छ ।

हवाईको स्याटेलाइट भ्यु

पाँचौं नम्बरमा आयोवा र मैन आएका छन् । आयोवामा स्वास्थ्य र अस्पताल श्रोतहरु शशक्त छन् भने मैनमा अपराध दर कम छ । साथै कोभिड भ्याक्सिन वितरणमा पनि मैनले उत्कृष्ट प्रदर्शन गरेको छ । सातौंमा वासिंटन रहेको छ । यो राज्यमा मताधिकार, समावेशीकरण र स्वास्थ्यको पक्ष बलियो रहको छ । वासिंटन राज्य वासिंटन डिसीभन्दा फरक हो ।

आठौंमा मासाचुसेट्स रहेको छ । स्वास्थ्य, मताधिकार र कोभिड भ्याक्सिन वितरणमा सवल यो राज्यले २५५ नम्बर प्राप्त गरेको छ । नवौंमा नेब्रास्का र दशौंमा न्युजर्सी रहेका छन् । नेब्रास्कामा हावाको गुणस्तर र अस्पताल श्रोतहरु राम्रो रहेको छ भने न्युजर्सी समावेशीकरण, मताधिकार, कम अपराधको दर र कोभिडबिरुद्धको भ्याक्सिन वितरणमा अगाडि छ ।

सन् २०२१ मा बस्नका लागि खराब अमेरिकाका १० राज्यहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com