सन् २०२१ मा बस्नका लागि खराब अमेरिकाका १० राज्यहरु


प्रकाशित मिति : श्रावण २, २०७८ शनिबार

विभिन्न सुचकांकहरुलाई आधार मानेर गरिएको अध्ययनपछि सीनबीसीले सन् २०२१ मा अमेरिकामा बस्नका लागि खराब १० वटा राज्यहरुको सुची प्रकाशित गरेको छ । जनस्वास्थ्य प्रणाली, अपराधको दर, विद्यालयको स्तर, वातावरणको गुणस्तर लगायतका कैयन मापदण्डहरुलाई आधार बनाएर खराब राज्यहरुको सुची बनाइएको हो ।

सबैभन्दा खराब राज्यको सुचीमा पहिलो नम्बरमा एरिजोना रहेको छ । ३७५ पूर्णाङकमा एरिजोनाले ९१ नम्बर प्राप्त गरेको छ भने सबै मापदण्डहरुमा यो राज्यको सुचकांक कमजोर देखिएको छ । हावाको गुणस्तर, जनस्वास्थ्य, अपराध र समावेशीकरणका सन्दर्भमा यो राज्य निकै कमजोर देखिएको छ । यो राज्यमा डाक्टर र मानसिक स्वास्थ्य सेवा प्रदायकहरुको अभाव रहेको छ ।

खराब राज्यको सुचीमा दोश्रोमा टेक्सास रहेको छ । यो राज्यको बलियो पक्ष अस्पताल श्रोत रहेको छ । तर समावेशीकरण, स्वाथ्य, मताधिकार र जनस्वास्थ्य फण्डिङका सन्दर्भमा यो राज्य निकै कमजोर रहेको छ । ३७५ प्वाइन्टसमा यो राज्यले १०४ प्राप्त गरेको छ ।

तेश्रोमा नेभाडा र मिजौरी रहेका छन् । यी दुबै राज्यले ११२ नम्बर प्राप्त गरेका छन् । नेभाडामा हावाको गुणस्तर, अस्पताल श्रोत, जनस्वास्थ्य फण्डिङ कमजोर रहेको छ भने मिजौरी मतदान अधिकार, अपराध र जनस्वास्थ्य फण्डिङका सन्दर्भमा कमजोर छ ।

त्यसपछि टेनेसी र जर्जिया रहेका छन् । टेनेसी समावेशीकरण, अपराध, कोभिड भ्याक्सिनका सन्दर्भमा कमजोर देखिएको छ भने जर्जिया मताधिकार, अस्पताल श्रोत र कोभिड भ्याक्सिनका सन्दर्भमा कमजोर देखिएको छ । सातौमा अलाबामा रहेको छ । अलाबामा कोभिड भ्याक्सिन, समावेशीकरण, स्वास्थ्य र अपराधका दृष्टिकोणले कमजोर देखिएको छ । आठौंमा अर्कान्सास मताधिकार, समावेशीकरण, स्वास्थ्य र अपराधका दृष्टिकोणले कमजोर छ ।

नवौंमा लुजियाना र दशौंमा इन्डियाना रहेका छन् । लुजियाना स्वास्थ्य, अपराध, कोभिड भ्याक्सिन, मताधिकारका दृष्टिकोणले कमजोर रहेको छ भने इन्डियाना जनस्वास्थ्य फण्ड, मताधिकार, समावेशीकरण र हावाको गुणस्तरमा कमजोर रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com