लहान, १५ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै दुई दर्जन यात्रु घाइते भएका छन् ।
विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना४ख ८०६२ नंको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ना१ख ५०६७ नंको बसले उछिन्ने क्रममा ठक्कर दिँदा ना१ख ५०६७ नंको बसका सहयोगी कटारी नगरपालिका–३ निवासी ३७ वर्षीय निलकमल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । सो सो बसमा सवार सिन्धुली दुधौली नगरपालिका–७ निवासी चन्द्रबहादुर बुढाथोकी र उदयपुरको कटारी नगरपालिका–४ निवासी मिलन थापालगायत दुई दर्जन घाइतेको मिर्चैयास्थित मङ्गलम रेखा नर्सिङ होममा उपचार भइरहेकोे छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।