गुल्मीमा काँग्रेसले उम्मेदवारको नाम टुङ्गो लगायो


प्रकाशित मिति : जेष्ठ १५, २०७४ सोमबार

तम्घास (गुल्मी), १५ जेठ । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि गुल्मीमा नेपाली काँग्रेसले नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

नेपाली काँगेस बिपी स्मृति भवन, तम्घासमा बसेको पटकपटकको बैठक र छलफलबाट उक्त उम्मेदवारहरुको नाम टुङ्गो लगाएको पार्टी सचिव खिलध्वज पन्थीले बताउनुभएको छ ।

पार्टीबाट टुङ्गो लगाइएका उम्मेदवारहरुमा रेसुङ्गा नगरपालिकाको प्रमुखमा भुवनप्रसाद श्रेष्ठ, उपप्रमुखमा अमृता कुँवर, मुसिकोट नगरपालिका प्रमुखमा कृष्णहरि सापकोटा र उपप्रमुखमा विष्णुकुमारी सापकोटा रहनुभएको छ ।

गाउँपालिकाहरुमा कालीगण्डकी गाउँपालिका प्रमुखमा बेद मगर र उपप्रमुखमा कमला पाण्डे, सत्यवती गाउँपालिका प्रमुखमा पारिश्वर ढकाल, चन्द्रकोट गाउँपालिका प्रमुखमा दोर्णबहादुर खत्री र उपप्रमुखमा भगवती अर्याल, रुरु गाउँपालिका उपप्रमुखमा देवेन्द्र मल्ल, छत्रकोट गाउँपालिका प्रमुखमा अनन्तराम पौडेल, गुल्मी दरबार गाउँपालिका प्रमुखमा अशोककुमार थापा र उपप्रमुखमा मीना भण्डारी, ईश्मा गाउँपालिका प्रमुखमा चन्द्रबहादुर महत, मदाने गाउँपालिका प्रमुखमा महेन्द्र कुँवर र उपप्रमुखमा सुशीला भुसाल, मालिका गाउँपालिका प्रमुखमा ज्ञानबहादुर कार्की र उपप्रमुखमा सीता अर्याल र धुर्कोट गाउँपालिका प्रमुखमा महेन्द्रप्रसाद भण्डारी रहनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काँग्रेसले स्थानीयस्तरमा एमालेबाहेकका अन्य दलसँग तालमेलका लागि छलफल सुरु गरेका कारण रुरु गाउँपालिकामा गाउँपालिका प्रमुख, सत्यवतीमा उपप्रमुख, छत्रकोटमा उपप्रमुख, इस्मामा उपप्रमुख र धुर्कोटमा उपप्रमुख गरी एक प्रमुखसहित चार उपप्रमुखका लागि नाम सार्वजनिक गरेको छैन । वडाहरुमा भने आज बेलुकीसम्म सबै उम्मेदवारको नाम टुङ्गाइसक्ने पार्टी सचिव पन्थीले बताउनुभएको छ ।

स्थानीयस्तरमा माओवादीसँग केही गाउँपालिकामा तालमेलका लागि छलफल जारी रहेका कारण एक दुई स्थानमा प्रमुख तथा उपप्रमुखको नामावली फेरबदल हुनसक्ने बताइएको छ । काँगे्रसबाहेकका अन्य दलले यसअघि नै नगरपालिका र गाउँपालिकामा उम्मेदवारको नाम टुङ्गो लगाइसकेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com