भकारेमा बस दुर्घटना हुँदा पाँच महिलाको मृत्यु


प्रकाशित मिति : जेष्ठ १४, २०७४ आईतबार

धादिङबेंसी–सल्यानटार सडकखण्डअन्तर्गत नीलकण्ड नगरपालिका–११ भकारेमा आज साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जना महिला रहेका छन् ।

स्थानीय गोलाभञ्ज्याङबाट खहरेतर्फ जाँदै गरेको ग १ ख ३८०५ नंको बस दुर्घटना हुँदा अन्य २० यात्रु घाइते भएको घाइतेको उद्धारमा संलग्न स्थानीय कुँवेर धरेलले बताउनुभयो । बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

घटनास्थलमा ढिला मात्र प्रहरी पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नियमित रुटको बस बिग्रेपछि त्रिपुरेश्वर बोर्डिङ स्कुलको बसले यात्रु बोकेर जाँदा दुर्घटनामा परेको बताइएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com