करेन्ट लागेर बालकको मृत्यु


प्रकाशित मिति : जेष्ठ १३, २०७४ शनिबार

मङ्गला गाउँपालिका–२ बाबियाचौरमा करेन्ट लागेर आज एक बालकको ज्यान गएको छ ।

खिमबहादुर घर्तीका दुई वर्षीय छोरा नवीनको बिजुलीको तारसँग अचानक सम्पर्कमा आउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर उनीसँगै खेल्दै गरेका बेनी नपा–५ घर भई दिदीको घरमा गएका ११ वर्षका हिमाल किसानसमेत घाइते भएका छन् । खेलौना बिजुलीको तारमा अल्झिएपछि निकाल्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका नवीनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । अर्का घाइते हिमालको भने उपचार भइरहेको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com