एमालेको पोखरामा विजय सभा, एक लाखभन्दा बढीको सहभागिता, ओली प्रमुख वक्ता (भिडियो )


प्रकाशित मिति : जेष्ठ १३, २०७४ शनिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पोखरामा विजय सभामा ऐतिहासिक रुपले सबैभन्दा बढी जनसहभागिता भएको छ। कास्कीका ५ वटा स्थानी तहमध्ये पोखरा लेखनाथ महानगरपालिका सहित ४ तहमा एमालेले जितेको छ ।

o;}aLr केपी ओलीn] आफ्नो पार्टी राष्ट्रिय सरकार गठन गर्ने पक्षमा रहेको बताएका छन्। संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने, ‘जसको नेतृत्वमा सहमति हुन्छ हामी त्यसका लागि तयार छौं। राष्ट्रपतिले दिनुभएको समय सदुपयोग गर्नुपर्छ।’ उनले दोस्रो चरणको निर्वाचन हुनेमा आफूहरू ढुक्क रहेको भन्दै सरकारले बिहिबार पेश गरेको नीति तथा कार्यक्रम कसको हो त्यो थाहा नभएको जिकिर गरे।

यो नीति तथा कार्यक्रम कसको हो थाहा थाहा छैन। वास्तवमा अहिले सरकार छैन,’ उनले भने। उनले निर्वाचनको बिचमा सरकार फेरेकोमा प्रश्नसमेत गरे।‘निर्वाचनको बिचमा किन सरकार फेर्न खोज्या हो बुझ्न सक्या छैन,’ उनले भने। उनले संसद अवरोध गर्नु आफ्नो बाध्यता भएको बताए। ‘हामीले सरकारलाई भनेका छौ संसद सुचारु गरेर जाउ। अवरोध गर्नु हाम्रो बाध्यता हो। सरकारले यस्तै वातावरणमा सृजना गरेको छ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com