जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग


प्रकाशित मिति : जेष्ठ १३, २०७४ शनिबार

महेन्द्रनगर (धनुषा), १३ जेठ । जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग गर्दै नेकपा (एमाले) धनुषाले जनकपुरमा शुक्रबार प्रदर्शन गरेको छ ।

पार्टी कार्यालयबाट निस्केको सो जुलुसले नगरपरिक्रमा गरेको थियो । सरकारले तराईका दुई प्रमुख सहर वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाएपछि जनकपुर र बुटवललाई पनि महानगरपालिका बनाउनुपर्ने एमालेले माग गरेको छ । एमालेले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पनि बुझाएको छ ।

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा प्रदर्शन गरिएको सो जुलुसमा केन्द्रीय सदस्य श्रीप्रसाद साह, नेत्री जुली महतोलगायतको सहभागिता थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com