नेपालका बाह्य लगानी भित्रिन शुरु: अर्थमन्त्री महरा


प्रकाशित मिति : जेष्ठ १२, २०७४ शुक्रबार

उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानी गर्र्ने वातावरण निर्माण हुदै गएकाले बाह्य लगानी भित्रन सुरु गरेको बताउनुभएको छ ।
नेपाल चीन गैर सरकारी सहयोग मञ्चको १४ औं बैठकलाई बिहीबार काठमाडौमा सम्बोधन गर्दै महराले पछिल्लो समय नेपालमा लगानीको वातावरण बनेको र बाह्य लगानी भित्रन सुरु गरको बताउनुभएको हो । उहाले दक्षिण एसियभित्रका मुलुकलाई नेपालले लगानीको लागि प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री महराले अन्य मुलुकको लगानीको पनि अपेक्षा गरेको धारणा राख्नुभयो । नेपाल दुई ठूला छिमेकी राष्ट्र चीन र भारतका राम्रो छिमेकी रहेकाले व्यापारका सम्बन्धमा यसको फाईदा नेपालले लिन सक्ने उल्लेख गर्नुभयो ।

बैठकमा नेपाल र चीनबीचको व्यापार सम्बन्धलाई प्रगाढ बनाउने बिषयमा छलफल हुने आयोजक नेपाल चेम्वर अफ कमर्श र अखिल चीन उद्योग वाणिज्य महासंघले जनाएको छ । बैठक हरेक बर्ष नेपाल र चीनमा पालैपालो हुदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com